नवघोषित कुमारी आर्यतारा शाक्यलाई गराइयो घर प्रवेश (तस्बिरसहित)

नवघोषित कुमारी आर्यतारा शाक्यलाई गराइयो घर प्रवेश (तस्बिरसहित)
+
-

काठमाडौँ– नवघोषित कुमारी आर्यतारा शाक्यलाई विधिवत् रूपमा कुमारी घर प्रवेश गराइएको छ। मंगलबार उनलाई विधिवत् रूपमा आसन ग्रहण गराइयो।

स्थानीय इटुम्बहालकी साढे दुई वर्षीया कुमारीलाई मध्याह्नको शुभसाइतमा कुमारीघरमा आसन ग्रहण गराइएको थियो। विशेष बाजागाजासहित तलेजु भवानीको दर्शन गरी कुमारी घर भित्र्याइयो।

कुमारीलाई जीवित देवीका रूपमा पूजाआजा गरिन्छ।

तत्कालीन राजा जयप्रकाश मल्लले कुमारीलाई स्थापना गरेको बताइन्छ। कुमारी छनोटको विधिअनुसार गुठी संस्थान, पञ्चांग निर्णायक समिति र सरोकार भएका पक्षसँगको सल्लाह तथा परामर्शपछि आर्यतारालाई नयाँ कुमारी छनोट गरिएको थियो।

कुमारी छनोटका क्रममा सरोकार भएका सबै बहालहरूलाई नाम सिफारिस गर्न पत्राचार गरिएको थियो। नयाँ कुमारीलाई आसनग्रहण गराएसँगै पुरानो कुमारी तृष्णा शाक्यलाई विधिवत् रूपमा विदाई गरिएको छ।

बुबासँग नवघोषित कुमारी आर्यतार शाक्य

 

अहिले बिदाई गरिएकी कुमारी तृष्णा शाक्य

तस्बिर: मतिना शाक्य/ तृष्णा शाक्यअघिकी कुमारी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?