
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ नक्शालस्थित भगवती मन्दिर पुगेर दर्शन गरेका छन्।
मंगलबार बडा दशैंको आठौँ दिन मुलुकभर माता दुर्गा भवानीको पूजा आराधाना भइरहेको समयमा राष्ट्रपति पौडेलले पनि भगवती मन्दिर पुगेर पूजा आराधना र दर्शन गर्नुका साथै टीका–प्रसाद ग्रहण गरेका थिए।
दशैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रही आएको छ।
काठमाडौं उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्शाल भगवती, भद्रकाली, शोभा भगवती, सङ्कटा आदि शक्तिपीठमा पूजाअर्चना गर्ने प्रचलनअनुरुप दर्शनार्थीको घुइँचो छ।
त्यसैगरी, राजधानी बाहिरका चर्चित शक्तिपीठमा पनि आज महागौरी भगवतीको पूजाअर्चना गरेर महाष्टमी मनाइएको छ।