जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु, आठ जना घाइते

जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु, आठ जना घाइते
+
-
देशसञ्चार AI सारांश
  • कञ्चनपुरको बेदकोट नगरपालिका–३ मा बोलेरो जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु र आठजना घाइते भएका छन्।
  • दुर्घटनास्थलबाट जीप करिब २० मिटर तल खसेको र चालक फरार भएको प्रहरी स्रोतले जनाएको छ।
  • घाइतेहरुको उपचार महाकाली प्रादेशिक अस्पतालमा भइरहेको छ, मृतक बालिका करिब दुई वर्षकी थिइन्।

कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा आज बोलेरो जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार दैजी–जोगबुढा सडकखण्डमा दैजीबाट जोगबुढातर्फ जाँदै गरेको से१ज ४१७ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो। जीप सडकबाट करिब २० मिटर तल खसेको थियो।

दुर्घटनामा कञ्चनपुरको बेदकोट नगरपालिका–४ की करिब दुई वर्षीया बालिका युबिका पालको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक बोहराले बताए। अन्य घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको छ।

घाइते हुनेमा कृष्णपुर–१ वाणीकी ३३ वर्षीया धना बोहरा र उहाँका चार वर्षीय छोरा कमल बोहरा, बेदकोट–४ की ३० वर्षीया तारा पाल, उनका १० वर्षीय छोरा प्रिन्स पाल र स्थानीय ३५ वर्षीया देविन्द्र धामी घाइते भएका छन्।

यस्तै, डडेल्धुराको परशुराम नगरपालिका–११ का २४ वर्षीय वीरेन्द्र कुँवर, उनकी २१ वर्षीया पत्नी मनिषा कुँवर र सोही नगरपालिकाका २८ वर्षीय नरेश सार्की घाइते भएका छन्। दुर्घटनापछि चालक फरार रहेका छन्। जीपमा चालकसहित १० जना सवार रहेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?