वेस्टइन्डिजले नेपाललाई जीवनभर सम्झनलायक क्षणहरू दियो: देशाइ

वेस्टइन्डिजले नेपाललाई जीवनभर सम्झनलायक क्षणहरू दियो: देशाइ
+
-
देशसञ्चार AI सारांश
  • पूर्व प्रशिक्षक मोन्टी देशाइले वेस्टइन्डिजले नेपाली क्रिकेटलाई जीवनभर सम्झन लायक क्षणहरू दिएको बताएका छन्।
  • नेपालले वेस्टइन्डिजसँगको द्विपक्षीय सिरिज जित्नुलाई उनले विश्वासको ठूलो घोषणा र ऐतिहासिक उपलब्धि भने।
  • उनी भन्छन्, खेल मात्र अंक र जितनहार नभएर संस्कृति निर्माण गर्दै अवसर सिर्जना गर्न प्रेरित गर्नुपर्छ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक मोन्टी देशाइले नेपाली क्रिकेट र समर्थकहरुलाई वेस्टइन्डिजले जीवनभर सम्झन लायक क्षणहरू दिएको बताएका छन्।

शारजाहमा दुई टोलीले क्रिकेटको इतिहासको एउटा सुन्दर अध्याय सँगसँगै बाँडेको भन्दै उनले खुसी ब्यक्त गरे।

उनले वेस्टइन्डिजलाई सम्बोधन गर्दै भने, ‘तपाईंहरूको उदारता र खेलप्रतिको सम्मानका लागि धन्यवाद। गौरवमय इतिहास बोकेको एक सम्मानित टेस्ट राष्ट्रले उदीयमान नेपाली टोलीसँग समान स्तरमा उभिएर यात्राको कठिनाइ सँगै भोग्दै कडा प्रतिस्पर्धा गर्योी र खेलको आत्मालाई अँगाल्यो।’

उनले अगाडी थपे, ‘युनिटी कप’ खेल्दै, तपाईंहरूले नेपालका खेलाडी र प्रशंसकलाई अमूल्य मंच र जीवनभर सम्झनलायक क्षणहरू दिनुभयो। क्रिकेटको वैश्विक परिवारप्रतिको यो सम्मान नेतृत्व साँचिकै उदारणीय छ।’

साथै उनले नेपाललाई बधाइ दिंदै भने ‘बधाई छ, राइनोजहरू! यो सिरिज जित मात्र होइन, विश्वासको ठूलो घोषणा थियो। रोहित पौडेलको शान्त र संयमित नेतृत्वको टोली एकताबद्ध भएर दृढतापूर्वक उभियो। प्रत्येक खेलाडी, प्रशिक्षक र सहयोगी टोलीलाई उनीहरूको समर्पण र एकताको लागि सम्मान गर्नुपर्छ। यो आत्मादेखीको तयारी र विश्वासको सामूहिक विजय हो।’

उनले खेलहरू केवल अंक र जितहार मात्र नभएको भन्दै भने ‘यी त कथाहरू, सम्झनाहरू र भावनाहरू हुन् ड्रेसिङ रुमको खुशी, घर फर्कँदा अनुभ भरिएको गर्विल क्षण, प्रतिद्वन्द्वीबीचको सम्मान, र क्रिकेटलाई विश्वभर फस्ट्याउन साझा सपना.नेपालको पहिलोपटक टेस्ट राष्ट्रविरुद्धको द्विपक्षीय सिरिज जित वर्षौंसम्म प्रतिध्वनित हुने छ।’

उनले यो सिरिजले हरेक उदीयमान क्रिकेट समुदायलाई प्रेरणा दिने एउटा दिपशिखा बन्ने बताए। आफ्नो सीप, संस्कार र सामूहिक आत्मामा निरन्तर लगानी गरिराख्न सुझाव दिंदै उनले भने ‘खेल पनि तपाईंलाई आधा बाटोमा भेट्न आउँने छ।’
साथै उनले विश्वभर छरिएका मित्रहरुलाई सबै अटाउने खेल संस्कृति निर्माण गर्न आग्रह गरे।

उनले भने, ‘आउनुहोस्, हामी यस्तो खेल–संस्कृति निर्माण गरौं जहाँ अवसर दुबै दिशामा बग्छ, जहाँ ठूला राष्ट्रहरूले सपना देख्नेहरूलाई स्वागत गर्छन्, र जहाँ स्कोरबोर्ड कहिल्यै खेललाई सार्थक बनाउने मानिसहरूभन्दा ठूलो हुँदैन।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?