जेन-जी आन्दोलनपछि बिर्तामोडमा प्रहरी कार्यालय पुनःस्थापित

जेन-जी आन्दोलनपछि बिर्तामोडमा प्रहरी कार्यालय पुनःस्थापित
+
-

झापा – झापाको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनी र ट्राफिक प्रहरी कार्यालयमा बुधबार बिहान सद्भाव र्यालीसहित प्रहरी कर्मचारीहरूलाई पुनः प्रवेश गराइएको छ।

जेन-जी आन्दोलनका क्रममा विस्थापित भएका प्रहरी युनिटहरूलाई समुदायको सहयोगमा कार्यालयमा फर्काइएको हो। प्रहरीका दुवै युनिटलाई बिर्तामोडको मुक्तिचोकबाट सुरु गरिएको सद्भाव र्यालीसहित कार्यालय प्रवेश गराइएको थियो।

इलाका प्रहरी कार्यालयका लागि प्रहरी नायब उपरीक्षक (डीएसपी) विजय श्रेष्ठ र ट्राफिक कार्यालयका लागि प्रहरी निरीक्षक गणेश पौडेलले प्रहरी कर्मचारीहरूको नेतृत्व गरेका थिए।

बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईंले दुवै कार्यालयका प्रमुखलाई स्वागत गरिन्।

युवा व्यवसायी पदम श्रेष्ठका अनुसार नगर प्रमुख प्रसाईंसहित बिर्तामोडका सामाजिक संघसंस्था, स्थानीय अगुवा र युवाहरूले भव्य स्वागतसहित प्रहरीलाई कार्यालय प्रवेश गराएका हुन्।

क्षतिग्रस्त भएका दुवै कार्यालयको पुनर्निर्माणमा समुदायस्तरबाटै सहयोग जुटेको थियो। यसरी बिर्तामोडमा प्रहरीलाई समुदायको पहलमा पुनस्थापित गरिएको हो।

प्रहरी कार्यालयमा फर्केसँगै नगर प्रमुख प्रसाईंले शान्ति सुरक्षाको अनुभूति भएको प्रतिक्रिया दिएकी छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?