हराउँदै पिङ हाल्ने परम्परा

हराउँदै पिङ हाल्ने परम्परा
+
-
देशसञ्चार AI सारांश
  • पिङको परम्परा लोप हुँदै गइरहेकाले स्थानीय युवाले यसको संरक्षणमा सक्रिय भूमिका खेल्दै आएका छन्।
  • पिङ निर्माणका लागि बलियो सालको काठ र वन कार्यालयको अनुमति आवश्यक भएकोले कठिनाइ भइरहेको छ।
  • पिङमा मादक पदार्थ सेवन नगर्न आग्रह गर्दै सम्भावित दुर्घटनाबाट जोगिन सबैलाई सचेत रहन भनिएको छ।

डुम्रे (तनहुँ)- दशैँ र तिहारको आगमनसँगै गाउँघरमा पिङ हाल्ने परम्परा नेपालीको मौलिक संस्कृति हो । पिङ नेपालीको संस्कृति र परम्पराको अभिन्न हिस्सा मानिन्छ । तर, समयको परिवर्तन, आधुनिकीकरण र युवा पुस्ताको प्रवास बसाईले यो परम्परा क्रमशः लोप हुँदै गएको छ ।

लोपोन्मुख अवस्थामा पुगेकाले स्थानीय युवाले पिङ संरक्षणमा सक्रिय भूमिका खेल्दै यस परम्परालाई निरन्तरता दिएको भानु नगरपालिका–१२ स्थित घलेछाप युवा क्लबका अध्यक्ष कुशलचन्द्र अधिकारीले बताए । उनले भने, “पिङ बिना गाउँमा दसैँ जस्तो लाग्दैन । लोप हुन नदिन समुदायबाट बाँस र डोरीको सहयोग जुटाएर लिङ्गे पिङ हालिएको हो ।” क्लबले घलेछाप पुतली चौतारामा पिङ हालिसकेको छ ।

यस्तै, बन्दीपुर गाउँपालिका–२ स्थित चामुण्डा युवा क्लबका पिङ निर्माण समिति संयोजक नरेश बानियाले मौलिक संस्कृतिको संरक्षणका लागि पिङ बनाउने परम्परालाई निरन्तरता दिइएको बताए । खर्च जुटाएरै भए पनि परम्परालाई निरन्तरता दिदै आएको उनको भनाइ छ ।

स्थानीय बुढापाकाको अनुभव अनुसार केही वर्षअघिसम्म गाउँ–चोकमा सहजै देखिने पिङ अहिले हराउँदै गएको छ । व्यास–७ कलेस्तीका प्रदीप घिमिरेले दसैँ र तिहारमा पिङमा मच्चिने रमाइलो परम्परा अहिले लोप हुँदै गएको बताए । उनले भने, “गाउँघरमा नै चर्के पिङ, रोटे पिङ, लिङे पिङ देखिदैनन् । हाम्रा परम्परालाई संरक्षण गर्नुपर्ने अवस्थामा पुगेको छ । संरक्षण गर्न सकिएन भने पछिल्ला पुस्ताका लागि पिङ कथा जस्तै लाग्नेछन् ।”

पिङ निर्माणका लागि बलियो सालको काठ आवश्यक पर्छ । त्यसका लागि वन कार्यालयको अनुमति लिनुपर्ने हुन्छ । जनशक्ति र सीपको कमी, प्रविधिको विकास र आधुनिक मनोरञ्जनका विकल्पले गर्दा पनि पिङ लोप हुने खतरा बढ्दै गएको छ ।

पिङ वर्षौ पुरानो र जीर्ण अवस्थामा पुग्न लागेकाले संयमित भएर खेल्न र खेलाउन आग्रह गरिएको चामुण्डा युवा क्लबका पिङ निर्माण समिति संयोजक नरेश बानियाले बताए ।

उनका अनुसार मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी खेल्न तथा खेलाउन पूर्ण रुपमा रोक लगाइएको छ । उनले भने, “हर्षोल्लासका साथ दसैँ, तिहार मनाउन राखिएको पिङको पनि संरक्षण गर्दै सम्भावित दुर्घटनालाई न्यूनीकरणमा समेत आफैँ सचेत हुनुपर्छ ।”

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’