संविधानको मार्गदर्शनअनुसार चुनौतीहरूको समाधान गर्न सकिन्छ: मुख्यमन्त्री आचार्य

संविधानको मार्गदर्शनअनुसार चुनौतीहरूको समाधान गर्न सकिन्छ: मुख्यमन्त्री आचार्य
+
-
देशसञ्चार AI सारांश
  • संविधानको मार्गदर्शनअनुसार वर्तमान चुनौतीहरूको समाधान गर्न सकिनेमा मुख्यमन्त्री आचार्यले जोड दिएका छन्।
  • वडादशैंले सामाजिक सद्भाव, भातृत्व र राष्ट्रिय एकतालाई सबल बनाउने विश्वास व्यक्त गरिएको छ।
  • शुभकामना सन्देशमार्फत कला, संस्कृति र परम्पराहरूको संरक्षणबाट समृद्धिको इच्छा पूरा हुने आशा गरिएको छ।

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको मार्गदर्शनअनुसार वर्तमान चुनौतीहरूको समाधान गर्न सकिने बताएका छन् ।

वडादशैं–२०८२ को अवसरमा बिहिवार शुभकामना व्यक्त गर्दै उनले साझा जिम्मेवारी र सहकार्यमार्फत समस्याको समाधान गर्न सकिनेमा जोड दिएका हुन् ।

मुख्यमन्त्री आचार्यले सुशासन प्रवर्द्धन र भ्रष्टाचार अन्त्यका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए । युवापुस्ताको सोचअनुसार कामलाई गतिशील बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले शक्तिस्वरूपा दुर्गा भवानीले सत्य, न्याय, सहकार्य र अग्रगमनको बाटोमा अघि बढ्ने प्रेरणा दिउन् भन्ने कामना गरेका छन् ।

उनले वडादशैंले नेपालीबीच आपसी भातृत्व, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

शुभकामना सन्देशमार्फत उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई सुख, शान्ति र समृद्धिको कामनापनि गरेका छन् । नेपाली चाडपर्वहरू सबै जातजाति र धर्मावलम्बीहरूको साझा फूलवारीका रूपमा रहेको, यी पर्वहरूले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर साझा पहिचानलाई सबल बनाउन मद्दत गरेको उल्लेख गरे ।

‘हाम्रा कला–संस्कृति, रीतिथिति र परम्पराहरू नै हाम्रो अमूल्य सम्पदा हुन् । यिनको संरक्षण, प्रवर्द्धन र विकासमार्फत प्रदेशको समृद्धिको चाहना पूरा गर्न सकिन्छ भन्नेमा हामी दृढ छौं,’ शुभकामना सन्देशमा भनिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?