
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले दशैंको टीका लगाएका छन्।
शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा बिहीबार शुभ साइत ११ बजेर ५३ मिनेटमा पौडेलले हनुमानढोका दशैंघरका मूल पुजारी देवराज अर्यालबाट टीका लगाएका हुन्।
आफूले टीका ग्रहण गरेपछि राष्ट्रपति पौडेलले प्रथम महिलासहित परिवारका सदस्यलाई टीका लगाई दिएका थिए। उनले सर्वसाधारण नागरिकलाई भने टीका नलगाउने यसअघि नै जानकारी गराइसकेका छन्।
२३ र २४ भदौको जेन-जी आन्दोलनपछि देशमा उत्पन्न भएको असहज परिस्थितिका कारण पौडेलले सर्वसाधारण नागरिकलाई टीका नलगाउने भएका हुन्।