
जनकपुरधाम– जेन-जीको आन्दोलनमा मधेस प्रदेशका ९० वटा प्रहरी र २०७ वटा सरकारी कार्यालयमा तोडफोड र आगजनी भएका छन्।
यी कार्यालय जल्दा रु सात करोड ३१ लाख २२ हजार बराबरको क्षति भएको छ।
क्षतिग्रस्त सबै कार्यालय मर्मतसम्भारपछि सञ्चालनमा आएका छन् भने आन्दोलनबाट विस्थापित प्रहरी पनि काममा फर्किएका छन्।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार आन्दोलनकारीले रु दुई करोड छ लाख ७८ हजार तीन सय ८० मूल्य बरावरका सवारी साधन जलाएका छन्।