
काठमाडौँ– मनसुन सक्रिय भएर भारी वर्षासँग अति भारी वर्षा हुने सम्भावनासँगै चार दिन बीपी राजमार्गमा राति गाडी चलाउन रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेकाअनुसार मनसुनका समयमा बाढीपहिरोको जोखिमबाट बच्न असोज १७ गतेदेखि २० गतेसम्म साँझको ५ बजेदेखि बिहानको ५ बजेमम्म गाडी लगाउन रोक लगाइएको छ।
बीपी राजमार्गअन्तर्गत काभ्रे भञ्ज्याङ्ग–भकुण्डेबेसी–सिन्धुली सडकखण्डमा सार्वजनिक तथा निजी सवारी सधान आवतजावत गर्ने रोक लागाइएको हो।
एम्बुलेन्सलगायत अतिआवश्यक सवारी सधानभने रातिमा पनि सावधानी अपनाएर चल्न पाउनेछन्।
यस्तो छ सूचना