सरकारमा हुनेहरूको बुद्धि नपुगेकै कारण जेनजी पुस्ताहरूको ज्यान गयोः प्रधानमन्त्री कार्की

सरकारमा हुनेहरूको बुद्धि नपुगेकै कारण जेनजी पुस्ताहरूको ज्यान गयोः प्रधानमन्त्री कार्की
+
-
देशसञ्चार AI सारांश
  • अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले सरकारको बुद्धि नपुग्दा जेनजी युवाहरूको ज्यान गएको बताउँदै शहीद परिवारलाई सहायता गर्ने प्रतिवद्धता जनाइन्।
  • प्रशिक्षण तथा रोजगार सुनिश्चित गर्ने विषयमा सोचिरहेको बताउँदै, उनीहरूले मागेकै केही नभएको कार्कीले उल्लेख गरिन्।
  • अभियन्ताहरूको रगतले न्याय पाउने र उनीहरूको रगतको अपमान हुन नदिने कुरा संचारमन्त्री खरेलले बताए।

काठमाडौँ- अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा हुनेहरूको बुद्धि नपुगेकै कारण जेनजी पुस्ताहरूको ज्यान गएको बताएकी छन् ।

विजया दशमीको दिन जेनजी युवा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारसँग भेट गर्दै उनले नहुनुपर्ने घटना भएको र आन्दोलनका क्रममा निधन भएकाहरूको परिवारलाई कसरी सहयोग गर्ने भन्नेबारे सोचेको बताइन् ।

राज्यले मृतकलाई फर्काएर ल्याउन नसके पनि मद्दत गर्ने प्रतिवद्धता जनाइन्। उनले भनिन्, ‘दुःखद् घटना भयो । सरकारमा हुनेको बुद्धि पुगेन जसकारणयो दुर्घटना भयो । बच्चाहरुले पढ्ने कसरी ? उहाँहरुको पढाइ, कामहरु दिनेगरी सोचिरहेका छौँ । उहाँहरुले मागेकै केही छैन । उहाँहरूको नोक्सान जे भयो, त्यसको क्षतिपूर्ति त हुनै सक्दैन । राज्यले फर्काएर त ल्याउन सक्दैन । राज्यबाट मद्दत गर्ने उठ्नलाई भन्ने हो ।’

प्रधानमन्त्री कार्कीसँगै शहीद परिवारलाई भेट्न पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मृतक तथा शहीद परिवारलाई प्रधानमन्त्रीको चाहनाअनुसार शहीद परिवारसँग समय बिताएको बताए । शहीदहरूको रगतमाथि अन्याय हुन नदिने र शहीदहरूको रगतले न्याय पाउने उनले बताए।

गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा ७६ जनाको ज्यान गइसकेको छ । साथै सयौँ मानिस घाइते भएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?