रूस र युक्रेनद्वारा १८५ जना युद्धबन्दीहरू साटासाटः रूसी सेना

रूस र युक्रेनद्वारा १८५ जना युद्धबन्दीहरू साटासाटः रूसी सेना
+
-
देशसञ्चार AI सारांश
  • रुस र युक्रेनले १८५ युद्धबन्दीहरू साटासाट गरेको घटनाले द्वन्द्व अन्त्यको प्रगति नगरे पनि आदानप्रदान लगातार जारी छ।
  • युक्रेनी राष्ट्रपति जेलेन्स्कीले फेसबुकमा रिहा गरिएका व्यक्तिहरूको तस्वीर पोस्ट गर्दै उनीहरूलाई सहयोगको आश्वासन दिए।
  • युद्ध सुरु भएदेखि नै ७,००० भन्दा बढी सैनिकहरूलाई घर फर्काइएको जनाइएको छ, तर हताहतको संख्या सार्वजनिक गरिएको छैन।

रुस र युक्रेनले बिहीबार १८५ युद्धबन्दीहरू साटासाट गरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ । द्वन्द्व अन्त्य गर्ने सन्दर्भमा प्रगति नभएको भए पनि जारी रहेको विनिमयको श्रृंखलामा यो पछिल्लो हो ।

रक्षा मन्त्रालयले टेलिग्राममा युक्रेनले “१८५ रूसी सैनिकहरू फिर्ता गरेको“ बताएको छ, क्रमममा २० जना सर्वसाधारणलाई पनि रिहा गरिएको जनाइएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रिहा गरिएका युक्रेनीहरूको तस्वीरहरू सामाजिक सञ्जालमा पोस्ट गर्दै, आदान प्रदानको पुष्टि गरेका छन् । उनीहरूलाई आवश्यक पर्ने सबै सहयोग प्राप्त गर्ने वातावरण तयार भएको जेलेन्स्कीले बताएका छन् ।

“आक्रमण सुरु भएदेखि नै हामीले हाम्रा सात हजार भन्दा बढी मानिसहरूलाई घर फर्काएका छौँ”, उनले भने ।

गत मे र जुलाईको बीचमा इस्तानबुलमा रूसी र युक्रेनी प्रतिनिधिमण्डलहरू बिच तीन चरणको शान्ति वार्ताको परिणाम स्वरुप ठूलो मात्रामा कैदी आदानप्रदान गरेको जनाइएको छ ।

दुवै पक्षले युद्धको बिचमा युक्रेन र रूसबिचको सहयोगका क्षेत्रका रूपमा मारिएका सैनिकहरूको स्वदेश फिर्तीका धेरै चरणहरू पनि सञ्चालन गरेका छन् ।

सन् २०२२ मा रुसले आक्रमण सुरु गरेदेखि दुवै पक्षका दशौँ हजार सैनिक मारिएका छन्, यद्यपि दुवै पक्षले नियमित रूपमा आफ्नो हताहतको तथ्याङ्क भने सार्वजनिक गरेका छैनन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?