
- संयुक्त राष्ट्रसंघले हाइटीमा सशस्त्र हिंसाले १६,००० भन्दा बढी हत्या भएको र अवस्था अझ खराब हुनसक्ने चेतावनी दिएको छ।
- हाइटीमा गिरोह, गरिबी र राजनीतिक अस्थिरताले हिंसात्मक घटनाहरू बढ्दै गएका छन्, जसले विस्तृत क्षेत्रमा अस्थिरता ल्याएको छ।
- संयुक्त राष्ट्र सुरक्षा परिषदले हाइटीमा पूर्ण बलको सुरक्षा मिसन प्रस्ताव पारित गरेको र यसका लागि अन्तर्राष्ट्रिय समर्थन आवश्यक रहेको बताएको छ।
सन् २०२२ को सुरु देखि हाइटीमा सशस्त्र हिंसाका कारण १६ हजार भन्दा बढी मानिसहरु मारिएको जनाउदै संयुक्त राष्ट्र सङ्घले अझै यो भन्दा खराब अवस्था आउन सक्ने चेतावनी दिएको छ ।
“हाइटीमा मानव अधिकारको अवस्था बिकराल बन्नुका साथै दुव्र्यवहार र हिंसा बढेको मार्च देखि तीव्र हिंसा भएको संयुक्त राष्ट्रका अधिकार प्रमुख भोल्कर टर्कले बताएका छन्।
गरिबी समस्याले ग्रस्त देश हाइटीले लामो समयदेखि राजनीतिक अस्थिरताको पृष्ठभूमिमा हत्या, बलात्कार, लुटपाट र अपहरण गर्ने हिंसात्मक आपराधिक गिरोहबाट पीडित रहेको छ ।
सन् २०२२ जनवरी–१ देखि सशस्त्र हिंसामा उल्लेखित भन्दा बढी मानिस मारिएको तथा र करिब सात हजार मानिसहरू घाइते भएको जनाउदै गिरोह र सम्बन्धित हिंसाको निगरानी सुरु गरेको टर्कले जेनेभामा संयुक्त राष्ट्र मानव अधिकार परिषदलाई बताएका छन् ।
गिरोहहरूले राजधानी पोर्ट–अ–प्रिन्स भन्दा बाहिर डर फैलाउँदै हिंसाले “व्यापक क्षेत्रलाई अस्थिर पार्ने“ खतरा रहेको उनले बताएका छन्।
न्यूयोर्कमा मङगलबार संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदले हाइटीमा संयुक्त राष्ट्र समर्थित सुरक्षा मिसनलाई सैन्य सेनासहित पूर्ण बलको रूपमा रूपान्तरण गर्ने प्रस्ताव पारित गरेको छ ।
नयाँ फोर्समा अब प्रहरी अधिकारी र सैनिकहरू सहित अधिकतम पाँच हजार ५०० वर्दीधारी कर्मचारीहरू हुन सक्ने जनाइएको छ ।
“यसका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता र समर्थन जरुरी रहेको टर्कले बताएका छन्।
मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले गिरोहका सदस्यहरू, जनसङ्ख्या र सुरक्षा बलहरू बिचको “हिंसाको चरमोउत्कर्ष“ को निन्दा गरेका छन् ।
गत मार्च देखि नै हाइटी सरकारले राजधानीमा आफ्नो गिरोह विरोधी कारबाहीमा विस्फोटक ड्रोनको प्रयोग बढाएको उनले बताएका छन्।
“सेप्टेम्बरको मध्य सम्ममा ड्रोन आक्रमणमा ११ जना बालबालिका सहित कम्तीमा ५५९ जनाको मृत्यु भएको छ । यी अधिकांश ड्रोन आक्रमणहरू अन्तर्राष्ट्रिय मानव अधिकार कानुन अन्तर्गत गैरकानूनी हुने टर्कले बताएका छन् ।
तथाकथित समूहले यस वर्ष ५०० भन्दा बढी कथित गिरोहका सदस्यहरूको हत्या गरेको कुरा पनि “गहिरो चिन्ताको विषय” भएको उनले बताए।