
काठमाडौँ– आउन २० असोजसम्म देशभर हुने भारी वर्षाको जोखिम रहेको भन्दै रातिमा यात्रा नगर्न विभिन्न निकायले आग्रह गरिरहेका छन्।
विशेष गरेर अबको तीन दिन इटहरीदेखि नवलपुरसम्म भारीदेखि अतिभारी वर्षा हुने पूर्वानमानसँगै सरकारले विपद् पूर्व तयारी थालेको छ।
शुक्रबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक बसेर विपद् सामानाका विषयमा छलफल भएको छ।
विपद्को जोखिम रहेको पूर्वानुमानसँगै सरकारले ठाउँठाउँमा उद्धारका लागि हेलिकप्टर, डुङ्गासहितको साधान व्यवस्था गरेको छ। साथै विभिन्न संघसंस्थासँग विपद्सँग लड्नका लागि समन्वय गरिने भएको छ।
भारी वर्षाको सम्भावनासँगै सेनालाईसमेत उद्धार र राहतका लागि तयारी हुने आग्रह गरिएको छ। विपद्को समयमा सेना उद्धार र राहतमा तयारी अवस्थामा रहेको एक अधिकारीले बताएका छन्।