भारी वर्षा र विपद् जोखिमप्रति सतर्क रहन मुख्यमन्त्री आचार्यको आह्वान

भारी वर्षा र विपद् जोखिमप्रति सतर्क रहन मुख्यमन्त्री आचार्यको आह्वान
+
-
देशसञ्चार AI सारांश
  • संभावित भारी वर्षासँगै उत्पन्न विपद् जोखिमप्रति मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशवासीलाई सतर्क रहन आह्वान गरेका छन्।
  • पहाडी तथा हिमाली जिल्लामा पहिरोको उच्च जोखिम र तराई क्षेत्रमा डुबानको समस्या देखिन सक्ने चेतावनी दिइएको छ।
  • विपद् प्रतिकार्यमा समुदाय र सुरक्षा निकायको सहकार्य आवश्यक रहेको भन्दै आवतजावतमा सावधानी अपनाउन आग्रह गरिएको छ।

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संभावित भारी वर्षा तथा त्यसबाट उत्पन्न हुन सक्ने विपद् जोखिमप्रति सतर्क रहन प्रदेशवासीलाई आह्वान गरेका छन्।

जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशसहित देशका विभिन्न स्थानमा आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको चेतावनी जारी गरेपछि मुख्यमन्त्री आचार्यले शुक्रबार बेलुका एक सन्देश जारी गर्दै जोखिम न्यूनीकरणका लागि सबै पक्षलाई गम्भीर हुन आग्रह गरेका हुन्।

मुख्यमन्त्री आचार्यका अनुसार पहाडी तथा हिमाली जिल्लामा पहिरोको उच्च जोखिम छ भने तराई क्षेत्रमा डुबान र कटानको समस्या देखिन सक्नेछ। उनले यस्ता चुनौतीको सामना गर्न सुरक्षा निकाय पूर्ण तयारीमा रहेको जानकारी दिँदै सामुदायिक सहकार्य र जनस्तरको सक्रिय योगदान आवश्यक रहेको उल्लेख गरे।

‘विपद् प्रतिकार्यमा सबैले आफ्नो भूमिका निर्वाह गर्ने, जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्ने, रात्री समयमा सवारी साधन सञ्चान नगर्ने र आवश्यक परे तत्काल सम्बन्धित निकायलाई जानकारी गराउने कार्यले ठूलो क्षति रोक्न मद्दत पु¥याउँछ,’सन्देशमा उल्लेख छ।

उनले साझा प्रयास र संयमित व्यवहारमार्फत मात्रै प्राकृतिक विपद्को सामना गर्न सकिने भन्दै सबैलाई सतर्कता र धैर्य अपनाउन अपिल गरेका छन्।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’