जनकपुरधामको देवपुरा रुपैठामा निषेधाज्ञा जारी

जनकपुरधामको देवपुरा रुपैठामा निषेधाज्ञा जारी
+
-

जनकपुरधाम – जनकपुरधाममा दुई समुदायबीच भएको झडपको कारण निषेधाज्ञा जारी गरिएको छ। शुक्रबार दुर्गाको प्रतिमा सेलाउन जाने क्रममा जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठामा दुई समुदायबीच भएको झडप पश्चात् उत्पन्न अवस्थालाई साम्य पार्न स्थानीय प्रशासनले आज साँझ साढे ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो।

धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जनकपुरधाम २०, देवपुरा रुपैठाको पूर्व तर्फ लोहना जाने बाटो, पश्चिम तर्फ बसहिया जाने बाटो, उत्तर तर्फ बाबा पेट्रोल पम्प (सिक्सलेन) र दक्षिण तर्फ गंगुली पुलभित्र निषेधाज्ञा जारी गरिएको जनाएका हुन्।

जिल्ला प्रशासन कार्यालयले स्थानीय, प्रशासन ऐन, २०२८ (संसोधनसहित) को दफा ६ को उपदफा ३(क) बमोजिम अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको हो।

यस निषेधाज्ञा अवधिमा व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा, आगजनी, तोडफोड जस्ता कार्य गर्न नपाउने प्रमुख जिल्ला अधिकारी आचार्यले जनाएका हुन्। स्थानीय प्रशासनको आदेशको उलङ्घन गरे वा लागु गराउने कार्यमा अवरोध गर्नेलाई कानून बमोजिम कारबाही हुने जनाइएको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’