कञ्चनपुरमा विपद्जन्य घटनाबाट जनधनको ठूलो क्षति

कञ्चनपुरमा विपद्जन्य घटनाबाट जनधनको ठूलो क्षति
+
-
देशसञ्चार AI सारांश
  • कञ्चनपुरमा विपद्जन्य घटनाबाट जनधनको ठूलो क्षति हुँदै, आगलागी र करेन्टबाट घर तथा चौपाया नष्ट भएका छन्।

  • करेन्ट र सर्पदंशबाट जनधनको क्षति भई, करेन्टले तीन जनाको मृत्यु र सर्पदंशले ३१ जना घाइते भएका छन्।

  • बाढी तथा जङ्गली जनावर आक्रमणबाट करिब रु १४ लाख ५५ हजार बराबरको क्षति पुगेको जानकारी प्राप्त भएको छ।

कञ्चनपुर- कञ्चनपुरमा चालु आर्थिक वर्षको हालसम्म विभिन्न विपद्जन्य घटनाबाट जनधनमा ठूलो क्षति पुगेको छ ।

आगलागी, करेन्ट, सर्पदंश र जङ्गली जनावरको आक्रमण तथा बाढीजन्य विपद्ले जिल्लावासीलाई ठूलो मार परेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार आगलागीबाट हालसम्म तीन घर पूर्ण रूपमा र पाँच घर आंशिक रूपमा जलेका छन् ।

घरभित्रका बहुमूल्य सामान, महत्त्वपूर्ण कागजात र भण्डारण गरिएको अन्न जलेर नष्ट हुँदा करिब रु २२ लाख ३२ हजार बराबरको क्षति भएको छ । सो क्रममा एक चौपायाको मृत्यु र १२ चौपाया घाइते भएका छन् ।

त्यस्तै, करेन्ट लागेर तीन जनाको मृत्यु, पाँच जना घाइते र एउटा भैँसीको मृत्यु भएको छ । सर्पदंशका कारण एक जनाको ज्यान गइसकेको छ भने ३१ जना घाइते भएका छन् ।

जङ्गली जनावरको आक्रमणबाट तीन जना घाइते भएका छन् । तीमध्ये दुई जना बाघको आक्रमण र एक जना हात्तीको आक्रमणमा परेका हुन् ।

यसैगरी १० चौपाया मारिएका, एक चौपाया घाइते भएका र २० भन्दा बढी घर आंशिक क्षतिग्रस्त भएका छन् । यसरी जनावर आक्रमणबाट मात्र करिब रु १० लाख १० हजार बराबरको क्षति भएको छ ।

यसैगरी नदीमा डुबेर दुई जनाको मृत्यु, तीन जना बेपत्ता र एक चौपायाको मृत्यु भएको छ । बाढीबाट चार घर पूर्ण क्षति र ६३ घरमा पानी पसेर सामान्य क्षति पुगेको छ ।

यसरी वर्षाजन्य विपद्ले करिब रु चार लाख ४५ हजार बराबरको क्षति पुर्याएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’