
काठमाडौँ- अत्याधिक वर्षाका कारण पहिरो खसिरहेकाले प्रहरीले स्थितिमा सुधार नआउन्जेलसम्मका लागि मुग्लिन-नारायणगढ सडक खण्ड बन्द गरेको छ।
प्रहरीले एक सूचना निकाली मौसमको अवस्थामा सुधार नहुन्जेलसम्मका लागि यो सडक खण्ड बन्द गरेको हो।
प्रहरीको सूचनाअनुसार बिहान ६ बजेदेखि यातायात पूर्णतया: बन्द गरिएको छ।
सडक डिभिजन भरतपुरले पनि आवश्यक नपरी यात्रा नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ।
उता काठमाडौँ-मुग्लिन सडक खण्डमा पनि पहिरोका कारण यातायातमा अवरोध आइरहेको छ। सडकमा सामान्य रूपमा यातायात सञ्चालन भए पनि जोखिम कायम नै रहेकाले यात्रा नगर्न प्रहरी प्रशासनले अनुरोध गरेको छ।