पूर्वसावधानी अपनाउन रसुवा स्थानीय प्रशासनको अनुरोध

पूर्वसावधानी अपनाउन रसुवा स्थानीय प्रशासनको अनुरोध
+
-
देशसञ्चार AI सारांश
  • निरन्तर वर्षाका कारण रसुवा जिल्लाको खोलातटीय क्षेत्रमा बसोबास नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ।
  • स्थानीयलाई सुरक्षित स्थानमा बस्न र अत्यावश्यक पर्दासमेत सुरक्षित यात्रा गर्न जिल्ला प्रशासनले अनुरोध गरेको छ।
  • विभिन्न खोला र त्रिशूली नदीमा पानीको सतह बढेकोले सम्भावित भलबाढीबाट आफू सुरक्षित रहन अनुरोध गरिएको छ।

रसुवा- आज बिहानैदेखि वर्षा निरन्तर बढी रहेका कारण खोला तथा नदी क्षेत्रको तटीय क्षेत्रमा नबस्न आग्रह गरिएको छ ।

निरन्तर वर्षा भइरहने मौसमविज्ञको पूर्व अनुमानअनुरूप बिहान ४ः०० बजेदेखिनै पानी पर्न थालेको र रसुवाको भू–बनोट बढी भीरपाखा भएका कारण आउन सक्ने पहिरो एवं भलबाढीको जोखिमका सम्भावनालाई मध्यनजर राखी स्थानीय प्रशासनले ठाडोखोला तथा नदीको तटीय क्षेत्रका आसपासमा नबस्न जिल्लावासीलाई अनुरोध गरेको हो ।

सुरक्षित स्थानमा बस्न र अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजान यदि जानैपर्ने जटिल अवस्था आएमा भरपर्दाे साथीलाई साथसाथै लिई सुरक्षित तवरले यात्रा गर्न अनुरोध गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष राजेश पन्थीका अनुसार रसुवाको लाङटाङ, तिवारी, चिलिमेको रोङ्गा, मैलुङ, फलाखु , राम्चेको छहरे, धोबी, घट्टे, भाँगे, तोर्मे, भोटेकोशीसमेतका खोला एवं त्रिशूली नदीसमेतका नदी खोलाहरूमा पानीको सतह बढ्न थालेको र सम्भावित भलबाढीबाट सुरक्षित रहन सबैमा अनुरोध गरिएको हो ।

यात्रुबाहक बस तथा अन्य सवारीसाधन चलाउने सवारी चालकहरूले यात्रुलाई दिसापिसाब गराउँदा समथर स्थानमा मात्र रोक्न समेत आग्रह गरिएको छ । पानी परुञ्जेल ठाडो खोल्छाको पानी प्रयोग गरी पिसानी घट्ट सञ्चालन नर्गनसमेत अनुरोध गरिएको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?