राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा विपद्बाट जोगिन सजगता अपनाउन अपिल

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा विपद्बाट जोगिन सजगता अपनाउन अपिल
+
-
देशसञ्चार AI सारांश
  • रास्वपा पार्टीले नागरिकलाई अविरल वर्षा र मनसुनजन्य विपदबाट बच्न उच्च सजगता अपनाउन आग्रह गरेको छ।
  • जल तथा मौसम विज्ञान विभागले औसतभन्दा बढी वर्षा भएपछि बाढी, पहिरो, र डुबानको जोखिम बढ्न सक्ने चेतावनी दियो।
  • पार्टीले विपद् न्यूनीकरण र राहतका कार्यक्रमहरूमा समन्वय गरी आपत्कालीन सहयोगका लागि तयार रहन निर्देशन दिएको छ।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकभर भइरहेको अविरल वर्षा र त्यसबाट उत्पन्न मनसुनजन्य विपद्को जोखिमलाई ध्यानमा राखी आम नागरिकलाई उच्च सजगता अपनाउन अपिल गरेको छ।

पार्टीका केन्द्रीय कार्यालयका सभापति डोलप्रसाद अर्यालले आज जारी गरेको विज्ञप्तिमा जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका केही क्षेत्रमा औसतभन्दा बढी वर्षा हुने अनुमान गरेको र यसबाट बाढी, पहिरो, र डुबानजस्ता विपद्का घटना बढ्न सक्ने चेतावनी दिइएको छ।

विज्ञप्तिमा भनिएको छ, विपद्बाट हुनसक्ने जनधनको क्षतिबाट जोगिनका लागि सबै नागरिकले सरकारी तथा स्थानीय निकायहरूले जारी गरेका सूचना र निर्देशनहरूको पालना गर्नुपर्छ।

सुरक्षित स्थानमा रहन: नदी/खोला क्षेत्र वरपरका बासिन्दा तथा जोखिमयुक्त स्थल मार्गमा यात्रा गर्ने सम्पूर्ण यात्रीहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

पार्टी संरचनालाई सक्रिय बनाउने: विपद्को बेला मानव सेवा र सहयोगमा जुट्नु सबैको कर्तव्य हो भन्दै रास्वपाले केन्द्रीय, प्रादेशिक, जिल्ला र पालिका तहसम्मका द्रुत कार्य समूह (Rapid Action Team) सहित पार्टीका सम्पूर्ण तह, विभाग, सदस्य तथा शुभेच्छुकहरूलाई विपद्को न्यूनीकरण, क्षति न्यूनीकरण, राहत वितरण र अन्य मानवीय सहयोगका कार्यक्रमहरूमा स्थानीय सरकार र प्रशासनसँग समन्वय गरी आपत्कालीन सहयोगका लागि तयार रहन निर्देशन दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?