कहाँ कस्तो छ सडकको अवस्था?

कहाँ कस्तो छ सडकको अवस्था?
+
-
देशसञ्चार AI सारांश
  • शुक्रबारदेखि विभिन्न सडक अवरुद्ध हुँदा संखुवासभाको दुई ठाउँमा पूर्णरुपमा सञ्चालन गर्न नसकिएको छ।
  • रसुवाको गोसाइकुण्ड गाउँपालिका २ मा पुल बग्दा नेपाल-चीन नाका झोड्ने सडक पनि अवरुद्ध भएको छ।
  • सरकारको निर्णयअनुसार दीर्घ दूरीका सवारी साधनहरू २० गतेसम्म पूर्वपश्चिम राजमार्गमा चलाउन प्रतिबन्ध लगाइएको छ।

काठमाडौँ– शुक्रबारदेखि भइरहेको वर्षाले देशभरका विभिन्न सडकखण्डहरू अवरुद्ध भएका छन्। कतै बाढी र कतै पहिरो जाँदा विभिन्न सडकखण्ड अवरुद्ध भएका हुन्।

नेपाल प्रहरीकाअनुसार हाल संखुवासभाको दुई ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध छ। कोशी राजमार्गअन्तर्गत भोटेखोला गाउँपालिका ४ बरुणखोला र मकालु गाउँपालिका ३ एकुवा पहिरोले सडक पूर्णरुपमा अवरुद्ध छ।

यी दुई ठाउँमा यसअघि गएकै पहिरो हटाइएको छैन। अब पानी नरोकिएसम्म यी सडकखण्ड बनाउने अवस्था नरहेको प्रहरीले जानकारी गराएको छ।

यस्तै रसुवाको गोसाइकुण्ड गाउँपालिका २ नेपाल-चीन नाका झोड्ने पुल बगाएर यस सडकखण्ड पनि अवरुद्ध छ। यस सडकखण्ड पनि यसअघि असार २४ गते आएको बाढीले पुल बगाएपछि अवरुद्ध छ।

शुक्रबारदेखि भइरहेको वर्षाले विशेष गरेर बागमती प्रदेशका विभिन्न राजमार्गहरू अवरूद्ध भएका छन्। दशैंको दिनको वर्षापछि रसुवाको गोसाइकुण्ड गाउँपालिका २ पासाङ ल्हामु सडक खण्ड तीन ठाउँमा पूर्णरुपमा अवरुद्ध छ। दशैंका दिन आएको पहिरोपछि अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ चारकिलोमा पनि सडक अवरुद्ध छ।

आज शनिबार आएको बाढीपहिरोपछि काभ्रेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल नगरपालिका ८ पचुकामा एकतर्फी सडक अवरुद्ध छ।

यसैगरी आजै आएको पहिरोपछि धादिङको बेनिघाट रोराङ गाउँपालिका १० जवाङ खोलामा पहिरोका कारण पूर्णरुपमा अवरुद्ध छ।

निरन्तरको वर्षापछि सरकारले पूर्वपश्चिम राजमार्गमा आउने २० गतेसम्म लामो दुरीका सवारी सधान चल्न पूर्णरुपमा रोक लगाएको छ। यस्तै अरनि तथा विपी राजर्गमा पनि सवारी सञ्चालनमा रोक लगाइएको छ।

कान्ति लोकपथमा सबै प्रकारका सवारी सधान सञ्चालनमा रोक लगाइएको छ।

फाइल तस्बिर

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?