तमोर नदीमा बस खसेको आशंका, प्रहरी घटनास्थल जाँदै

तमोर नदीमा बस खसेको आशंका, प्रहरी घटनास्थल जाँदै
+
-

काठमाडौँ– पाँचथरस्थित तमोर नदीमा बस खसेको आशंका गरिएको छ। ‘सागर ढकाल’ नामक फेसबुक प्रयोगकर्ताले तमोर नदीमा बस खसेको भन्दै ठूलो हताहती भएको हुनसक्ने आशंका व्यक्त गरेका छन्।

यद्यपि प्रहरीले बस खसेको हो वा होइन भन्ने एकिनका साथ भन्न सकेन। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी वरिष्ठ सई (इन्सपेक्टर) मनोज यादवकाअनुसार बस खसेको जानकारी प्राप्त भएपछि त्यसतर्फ जिल्ला प्रहरी कार्यायबाट डिसएपीको कमाण्ड प्रहरी त्यसतर्फ पठाइएको छ।

बस पाँचथरको कुम्मायक गाउँपालिका ३ कार्तिके भन्ने ठाउँबाट नदीमा खसेको जानकारी प्राप्त भएको इन्सपेक्टर यादवले देशसञ्चारलाई जानकारी गराए। जिल्ला सदमुकामबाट गाडीमा कार्तिके भन्ने ठाउँमा पुग्न डेढ घण्टा लाग्ने उनले बताए।

इलाका प्रहरी कार्यालय यासोकबाट पनि कार्तिके पुग्न करिब एक घण्टा लाग्ने भएकाले बस खसेको हो वा होइन एकिन गर्न नसकिएको उनले बताए। ‘हामीलाई सडकबाट बस खसेको छ भन्ने जानकारी प्राप्त भएको थियो। त्यसपछि हाम्रो टोली त्यहाँ गइरहेको छ। भेरिफाइ हुनसकेको छैन’, यादवले भने।

पाँचथर अहिले भारी वर्षा भइरहेकाले पनि घटनास्थलमा पुग्न केही समय लाग्ने उनले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?