
काठमाडौँ– पाँचथरस्थित तमोर नदी नजिकै भएको बोलेरो जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने छ जनालाई उद्धार गरेर अस्पताल पठाइएको छ।
दुर्घटनामा परेकाहरूको परिचय खुलेको छैन। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी वरिष्ठ सई (इन्सपेक्टर) मनोज यादवकाअनुसार चार जनाको घटनास्थलमै मृत्यु भएको हो भने छ जना घाइतेलाई उपचारका लागि धरान पठाइएको छ।
घटनास्थलमा अन्य व्यक्तिसमेत हुन सक्ने आशंकासहित अहिले पनि खोजीकार्य भइरहेको यादवले देशसञ्चारलाई बताए।
ताप्लेजुङबाट धरानका लागि छुटेको मे १ ज ३०५५ नम्बरको बोलेरो जिप पाँचथरको कुम्मायक गाउँपालिका ३ कात्तिके भन्ने ठाउँमा शनिबार करिब ११ बजेतर दुर्घटनामा परेको थियो।
जिप सडकबाट करिब ४०० मिटर तल पुगेको छ। सदरमुकामबाट कात्तिके पुग्न करिब डेढ घण्टा लाग्ने गर्छ। इकालका प्रहरीक कार्यालय यासोकबाट पनि करिब १ घण्टा लाग्ने गर्छ।
त्यसकारणले पनि यसअघि कुन गाडी खसेको भन्ने थाहा हुन सकेको थिएन।