विराटनगर विमानस्थल बन्द

विराटनगर विमानस्थल बन्द
+
-

विराटनगर– प्रतिकूल मौषमका कारण विराटनगर विमानस्थल बन्द गरिएको छ। वर्षासँगै हवाई उडान प्रभावित भएपछि आजका लागि विमानस्थल बन्द गरिएको हो।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बिहान केही घण्टाका लागि खुलेको विमानस्थलबाट यति एयरले पहिलो उडान गरेको थियो।

काठमाडौँका लागि उडेको विमान खराब मौषमसँगै काठमाडौँमा अवतरण गर्न नसकेपछि डाइभर्ट गरि पोखरामा अवतरण गरेको थियो।

अब अर्को सूचना नहुञ्जेलसम्म विमानस्थल नखुल्ने यादवले जानकारी दिए।

त्यसैगरि, बिहान काठमाडौँबाट विराटनगर आएको श्री एयरको विमान पनि फर्कन नसकेपछि विमानस्थलमा नै रोकिएको विराटनगर नागरिक उड्डयन कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार विमानस्थलमा भिजिविलिटीमा कुनै समस्या नरहेपनि उडानका क्रममा बिचको हवाई मार्ग र काठमाडौँ विमानस्थल नै बन्द भएपछि यहाँ पनि विमानस्थल बन्द गरिएको हो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?