चाडपर्वको बेला यातायात बन्द गर्नु सरकारको बाध्यताः कार्यकारी प्रमुख भट्ट

चाडपर्वको बेला यातायात बन्द गर्नु सरकारको बाध्यताः कार्यकारी प्रमुख भट्ट
+
-
देशसञ्चार AI सारांश
  • सरकारले अत्याधिक वर्षा, बाढी, पहिरोको जोखिमका कारण दसैँको बीचमा यातायात बन्द गर्नुपरेको बताएको छ।
  • सुरक्षाका लागि पिउने पानी, खानेकुरा, शौचालय भएको र जोखिम नभएको ठाउँमा गाडी रोक्न आग्रह गरिएको छ।
  • सम्भावित जोखिम कम हुनासाथ सुरक्षित रूपमा यात्रा पुनः सुरु गराउने तयारी भइरहेको छ।

काठमाडौँ- सरकारले परिस्थितिवश दसैँको बीचमा यातायात बन्द गर्नुपरेको बताएको छ ।

शनिवारदेखि सोमवारसम्म देशभर अत्याधिक वर्षा हुने र वर्षापछि बाढी, पहिरोको जोखिम रहने भएकाले सुरक्षित ठाउँमा बस्न र यात्रा नगरिदिन आग्रह गरेको हो ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले दसैँको बीचमा यातायात बन्द गर्नुपर्दा दुःख लागे पनि नागरिकको सुरक्षाका लागि बन्द गर्नुपर्ने अवस्था आएको बताए ।

स्थानीय प्रशासनलाई यात्राका क्रममा रहेका सवारीसाधनहरू सुरक्षित स्थानमा रोक्न लगाउन निर्देशन गरिसकेको बताए। पिउने पानी, खानेकुरा, शौचालय भएको ठाउँमा र बाढी र पहिरोको जोखिम नभएको ठाउँमा गाडी रोक्न आग्रह गरिएको उनले बताए ।

सम्भावित जोखिम कम हुने बित्तिकै अर्को ठाउँमा पास गर्ने तयारी रहेको उनको भनाइ छ।

उनले भने, ‘दसैँको बीचमा यातायात बन्द गर्न पर्दा हामीलाई पन दुःख लागेको छ । तर अत्यावश्यक परिस्थितिका कारण यो गरिएको हो । सँगै स्थानीय प्रशासनलाई यसरी गाडी रोक्नुपरेको परिस्थिति आएको बेला सुरक्षित ठाउँमा गाडी रोक्नुहोस् । सकेसम्म पिउने पानी, खानेकुरा, शौचालय भएको ठाउँमा र बाढी र पहिरोको जोखिम नभएको ठाउँमा गाडी रोक्न लगाउने, सम्भावित जोखिम कम हुने बित्तिकै अर्को ठाउँमा पास गर्ने भनेर तयारी भएको छ । यसलाई स्थानीय प्रशासनले हेरिरहेको छ ।’

उनले विपी राजमार्ग, पृथ्वी राजमार्ग, त्रिभूवन राजमार्गमा सुरक्षार्थ सुरक्षाकर्मीहरू धेरै खटाएको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?