विपद् प्राधिकरणको बैठकमा सुदन गुरुङको निर्देशन: ‘एम्बुलेन्स र टेन्ट प्राथमिकतामा राख्नुपर्यो’

विपद् प्राधिकरणको बैठकमा सुदन गुरुङको निर्देशन: ‘एम्बुलेन्स र टेन्ट प्राथमिकतामा राख्नुपर्यो’
+
-
देशसञ्चार AI सारांश

  • जेनजीका नेता सुदन गुरुङले विपद् उद्धारमा ‘पहिले पीडितको पहिचान’लाई प्राथमिकता दिनुपर्ने निर्देशन दिएका छन्।


  • गुरुङले उद्धार कार्यमा एम्बुलेन्सको प्राथमिकता र अस्थायी सेल्टर तथा रासनपानीको व्यवस्था गर्नुपर्ने बताए।


  • डीएसपीले ९६ र्‍याफ्ट, ३३ मोटरबोट उपलब्ध रहेको र सेनाका हेलिकप्टर परिचालनमा रहेको जानकारी दिए।

काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा जेनजीका नेता सुदन गुरुङले विपद् उद्धारमा तत्काल ध्यान दिनुपर्ने निर्देशन दिएका छन्।

बैठकमा सहभागी हुँदै उनले उद्धारमा ‘पहिले पीडितको पहिचान’लाई प्राथमिकता दिनुपर्ने बताएका छन्। गुरुङले भने, “जहाँ-जहाँ मान्छे अड्केका छन्, त्यो पहिचान हुनुपर्‍यो। त्यसपछि त्यहाँ अस्थायी सेल्टर बनाउन र रासनपानीको व्यवस्था मिलाउन सकिन्छ। राज्यले के गर्ने भन्ने कुरा पछि हेर्ने हो।”

उनले उद्धार कार्यमा एम्बुलेन्सलाई पहिलो प्राथमिकतामा राख्न माग गरे। “कम्तीमा त्यहाँ एम्बुलेन्स छ कि छैन भन्ने पत्ता लगाउनुपर्‍यो। त्यसपछि उद्धार गर्नुपर्छ,” उनले जोड दिए।

भिडियोमा देखिएअनुसार गुरुङले प्राधिकरणसँग कति टेन्ट छन् भन्ने प्रश्न सोध्दा प्रमुख कार्यकारी अधिकृत दिनेशप्रसाद भट्टले केही टेन्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा रहेको र बाँकी टेन्ट प्रदेश सरकारलाई हस्तान्तरण गरिसकिएको बताए।

त्यसैगरी गुरुङले सशस्त्र प्रहरीको ‘रिलोकेसन सेन्टर’मा पनि रासनलगायत सामग्री तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिए। उनले स्वास्थ्य शिविर सञ्चालन र उद्धारका लागि प्रयोग हुने मोटरबोटबारे पनि जानकारी मागे। जवाफमा डीएसपीले ९६ वटा र्‍याफ्ट र ३३ वटा मोटरबोट उपलब्ध रहेको बताए।

हवाई उद्धारबारे प्रश्न गर्दा सीईओ भट्टले सेनाका हेलिकप्टर परिचालनमा रहेको जानकारी दिएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?