गण्डकीमा डाकियो प्रदेश सभा बैठक, कहाँ बस्दैछ ?

गण्डकीमा डाकियो प्रदेश सभा बैठक, कहाँ बस्दैछ ?
+
-
देशसञ्चार AI सारांश

  • गण्डकी प्रदेश सभाको बैठक असोज २२ गते दिउँसो १ बजेका लागि भूमि व्यवस्था मन्त्रालयमा डाकिएको छ।

  • भदौ २४ गते आगजनीले प्रदेश सभा भवन पूर्ण रुपमा क्षति हुँदा बैठक अनिश्चितकालका लागि स्थगित भयो।

  • सभामुखले नयाँ मिति र स्थान मालेपाटनको सभा हलमा बैठक बस्नेगरी निर्धारण गरेका छन्।

पोखरा- गण्डकी प्रदेश सभाको बैठक डाकिएको छ । प्रदेश सभाको बैठक आगामी असोज २२ गते दिउँसो १ बजेका लागि डाकिएको हो ।

जेनजी समूहको प्रदर्शनका क्रममा भदौ २४ गते आगजनी हुँदा पोखराको नदीपुरस्थित गण्डकी प्रदेश सभा भवन जलेर पूर्ण रुपमा क्षति भएको थियो । प्रदेश सभा जलेर ध्वस्त भएसँगै भदौ २५ गते दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक अनिश्चितकालका लागि स्थगित भयो ।

अब असोज २२ गते मालेपाटनमा रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सभा हलमा बैठक बस्ने प्रदेश सभा सचिव गोविन्द पौडेलले जानकारी दिए । गण्डकी प्रदेश सभा नियमावली, २०८० को नियम ६ को उपनियम (२) बमोजिम बैठक हुनेबारे सूचना प्रकाशन गरिएको छ ।

‘मिति २०८२ साल भदौ २५ गते दिनको १ बजेका लागि तोकिएको गण्डकी प्रदेश सभाको बैठक विशेष कारणवश अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो । हाल माननीय सभामुखज्यूले बैठक मिति २०८२ साल असोज २२ गते दिनको १ बजे भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, मालेपाटन पोखराको सभाहलमा बस्नेगरी मिति र स्थान निर्धारण गर्नुभएको छ’, पौडेलले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि भदौ १६ गते गण्डकी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत २६ औं बैठकले गण्डकी प्रदेश दलित अधिकार विधयेक २०८२ पारित गरेको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?