अविरल वर्षाले कोशी ब्यारेजमा पानीको सतह उच्च, ३९ ढोका खोलिँदा सवारी आवागमनमा रोक

अविरल वर्षाले कोशी ब्यारेजमा पानीको सतह उच्च, ३९ ढोका खोलिँदा सवारी आवागमनमा रोक
+
-

सुनसरी- अविरल वर्षासँगै कोशी ब्यारेजमा पानीको सतह उच्च भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता युवराज भण्डारीका अनुसार आइतबार बिहान ७ बजे गरिएको मापनअनुसार सप्तकोशी नदीमा २ लाख ६६ हजार ३ सय ५० क्यूसेक पानीको बहाव मापन गरिएको छ।

पानीको बहाव बढेसँगै हाल ब्यारेजका ३९ वटा ढोका खोलिएको छ। प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार नदीमा पानीको बहाव मध्यरातको तुलनामा निरन्तर बढिरहेको छ। मध्यरात १२ बजे गरिएको मापनअनुसार नदीमा १ लाख ५३ हजार ४ सय क्यूसेक मात्र पानी बगिरहेको थियो।

उच्च सतर्कताका लागि लामो दुरीका सवारी साधनमा रोक लगाइएको सुनसरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गएको २४ घण्टायता परेको अविरल वर्षाले जिल्लाका खोलामा पानीको सतह बढे पनि ठूलो क्षति भने भएको छैन।

नगरभित्रका केही स्थानमा घरभित्र पानी पसेको भए पनि डुबानका कारण सर्वसाधारण विस्थापित हुनुपरेको अवस्था भने नरहेको प्रहरीले स्पष्ट पारेको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’