कोशी प्रदेशको विभिन्न स्थानमा बाढी–पहिरोमा परी २६ जनाको मृत्यु

कोशी प्रदेशको विभिन्न स्थानमा बाढी–पहिरोमा परी २६ जनाको मृत्यु
+
-
देशसञ्चार AI सारांश
  • अविरल वर्षापछि कोशी प्रदेशमा बाढी–पहिरोको प्रकोपले हालसम्म २६ जनाको ज्यान गएको छ।
  • इलाममा २३, उदयपुर, खोटाङ र पाँचथरमा समान एक जनाको मृत्यु भएको कोशी प्रहरी कार्यालयले जनाएको छ।
  • पहिरोमा परी र बाढीबाट ५३५ जनालाई सकुशल उद्धार गरिएको कोशी प्रहरी कार्यालय विराटनगरले जानकारी दियो।

मोरङ – अविरल वर्षापछि कोशी प्रदेशको विभिन्न स्थानमा गएको बाढी–पहिरोमा परी हालसम्म २६ जनाको मृत्यु भएको छ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार इलाममा २३, उदयपुर, खोटाङ र पाँचथरमा समान एक जनाको मृत्यु भएको हो।

कोशी प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता दीपक पोखरेलका अनुसार शनिबार र आइतबार पहिरो, बाढी र खोलाले बगाउँदा २६ जनाको मृत्यु भएको छ।

अविरल वर्षासँगै इलाममा पहिरोमा परी ठूलो संख्यामा मानवीय क्षति पुगेको छ। दोलखा जिल्ला घर भएका एकैपरिवार दीप बस्नेत, भवानी बस्नेत र १२ वर्षीया दिब्या बस्नेतसहित पाँच जनाको सूर्योदय नगरपालिकामा मृत्यु भएको छ।

त्यसैगरी, इलाम नगरपालिका वडा नम्बर ६, ७, ८, मांगसेबुंग गाउँपालिका, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिकामा २१ जनाको पहिरोमा पुरिएर र उदयपुरको बेलका नगरपालिकामा ३८ वर्षीया मञ्जु अधिकारीको बाढीमा परी मृत्यु भएको छ।

खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २१ वर्षीय सुमन विक, पाँचथर तुम्बेवा गाँउपालिकामा ७९ वर्षीया बृद्धा कान्छीमाया शेर्माको पहिरोमा परी मृत्यु भएको छ।

यससँगै पहिरोमा परी र बाढीबाट प्रदेशभर ५ सय ३५ जनालाई सकुशल उद्धार गरेको कोशी प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?