
काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सोमबारदेखि नियमित सेवा दिने भएको छ।
दसैँ सकिन नपाउँदै झरीले सबै सरकारी कार्यालय बन्द भएको अवस्थामा काभ्रे जिल्ला प्रशासन कार्यालले भने सोमबारदेखि सेवा दिने जनाएको हो।
झरीका कारण उत्पन्न परिस्थितिका कारण सरकारले आइतबार (आज) सोमबार सार्वजनिक बिदा नै घोषणा गरेको छ।
तर पनि काभ्रे प्रशासनले पनि सोमबारबाटै सेवा दिने जानकारी दिएको हो।