
अ
+
अ
अ
-
काठमाडौँ– नेपाली सेनाका पूर्व प्रमुख सेनानी माधवसुन्दर खड्काले काठमाडौँको माइतीघरमा विभिन्न दलका नेताहरूको ब्यानर राखेका छन्।
माइतीघर मण्डलामा असोज १३ गतेदेखि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधव नेपाल, झलनाथ खनाल र पुष्पकमल दाहालको पोस्टहरू खड्काले राखेका हुन्। त्यस्तै, पूर्वमन्त्रीहरू आरजु राणा र रमेश लेखक तथा एमाले नेता महेश बस्नेतका पोस्टरहरू खड्काले राखेका छन्। असोज १३ गते राखिएका पोस्टरहरू एक सातासम्म पनि त्यहाँ नै छन्।
उनले ओली सरकारका सम्पूर्ण समर्थकहरूलाई तुरुन्त पक्राउ गरी कारबाही गर्न पनि ती पोस्टरमा भनिएको छ।
तस्बिरहरू: