
पोखरा– तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडा हेल्थपोष्टचोक नजिकैको पहिरोमा माइक्रो बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
घाइते हुनेमा ११ जना बसमा सवार यात्रु रहेका छन् भने एक जना बस चालक रहेका छन्।
आइतबार दिउँसो दुलेगौंडाबाट लालिमतर्फ जाँदै गरेको ग १ ज ८३१७ नम्बर माइक्रो बस ब्रेक फेल भएर सडकबाट २० मिटर तल खसेको छ।
ब्रेक फेल भएको बसले दुलेगौंडाबाट लामागाउँतर्फ जाँदै गरेको ग १ ज ६५५३ नम्बरको जिपलाई समेत ठक्कर दिँदा जिपमा सवार १ जना घाइते भएका छन्।
घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए।