मोरङ जिल्लाभर ३ सय ८६ घर डुबानमा

मोरङ जिल्लाभर ३ सय ८६ घर डुबानमा
+
-
देशसञ्चार AI सारांश
  • मोरङ जिल्लामा लगातार वर्षाका कारण ३८६ घर डुबानमा परेपछि १,५६८ जनाको उद्धार गरिएको छ।
  • विराटनगर महानगरपालिकाका पाँच वडामा मात्रै २ सय ९ घर डुबानमा परी ८३० जनाको सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
  • प्रभावितहरूलाई विभिन्न संघसंस्थाले खाद्यान्न व्यवस्था गर्दै राहत सामग्री उपलब्ध गराएका छन्।

विराटनगर- अविरल वर्षाका कारण मोरङ जिल्लाभर ३ सय ८६ घर डुबानमा परेका छन्।

शनिबार र आइतबार परेको भारी वर्षापछि जिल्लाका विभिन्न स्थानमा पानी जमेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार बिहानदेखि जिल्लाका धेरै क्षेत्रमा घर डुबानमा परेपछि १ हजार ५ सय ६८ जना सर्वसाधारणको उद्धार गरिएको छ। यद्यपि, हालसम्म कुनै मानवीय क्षति भने भएको छैन।

प्रहरीका अनुसार विराटनगर महानगरपालिका, रतुवामाई नगरपालिका, कटहरी गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, उर्लाबारी नगरपालिका र सुनवर्षी नगरपालिका मा डुबान तथा कटानले असर पुर्‍याएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक कवित कठायतले दिएको जानकारीअनुसार, विराटनगर महानगरपालिकाको वडा नम्बर २, ५, ८, १२ र १६ मा मात्र २ सय ९ वटा घर डुबानमा परेका छन्। यी वडाबाट ८ सय ३० जना सर्वसाधारणको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ।

बाढीबाट प्रभावित भएकाहरूका लागि विभिन्न संघसंस्थाले खाद्यान्नको व्यवस्थापन गरेका छन्।

विराटनगर वडा नम्बर १२ बखरीका ३ सय ५० जना प्रभावितहरूलाई विराटनगर महानगरपालिका, जीवन विकास समाज र मारवाडी सेवा समितिले चिउरा, भुजिया, चाउचाउ लगायतका राहत सामग्री उपलब्ध गराएका छन्।

त्यसैगरी, वडा नम्बर २ स्थित व्यवस्थापन कलेजमा राखिएका १ सय ५० जनालाई स्थानीय युवाहरूले खाद्यान्नको व्यवस्थापन गरेका छन्।

प्रहरी कार्यालय मोरङले डुबानमा परेका केही घरपरिवारका सदस्यलाई भने उनीहरूका आफन्तले नै सुरक्षित बासको प्रबन्ध गरेको जनाएको छ।

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’