मौसममा आएको खराबीसँगै विराटनगर विमानस्थल बन्द

मौसममा आएको खराबीसँगै विराटनगर विमानस्थल बन्द
+
-
देशसञ्चार AI सारांश
  • विराटनगर विमानस्थल अपरान्ह साढे ४ बजेपछि मौसम खराबीका कारण बन्द गरिएको छ, भिजिविलिटी कम हुँदा समस्या भएको छ।
  • श्रीएयरको विमान अवतरण गर्न नसकेर काठमाडौँ फर्किएको छ भने यति एयरको विमान झापा अवतरण गरेको छ।
  • मौसम सुधार भएसँगै विमानस्थल पुनः सञ्चालन हुने जानकारीमा बुद्ध एयरका पाँच र यतिको चार उडान बाँकी छ।

विराटनगर- मौसममा आएको खराबीसँगै विराटनगर विमानस्थल बन्द गरिएको छ । नागरिक उड्डयन कार्यालय विराटनगरका अनुसार अपरान्ह साढे ४ बजेपछि मौसममा देखिएको खराबीसँगै विमानस्थल बन्द गरिएको हो ।

कार्यालय प्रमुख सुभाष झाका अनुसार विमानस्थलस्थित धावनमार्गमा भिजिविलिटी कम भएको छ । उनका अनुसार विमान उडानका लागि १ हजार ६ सय मिटर हुनुपर्नेमा हाल १ हजार मिटरमात्र रहेको छ ।

कार्यालय प्रमुख झाका अनुसार केही समयअघि काठमाडौँबाट आएको श्रीएयरको विमान अवतरण गर्न नसकेर पुनः काठमाडौँ फर्किएको छ ।

त्यसैगरि, यति एयरको विमानसमेत यहाँ अवतरण गर्न नसकेर झापाको भद्रपुर विमानस्थलमा अवतरण गरेको छ । कार्यालय प्रमुख झाले अपरान्ह करिब साढे चार बजेसम्म मौसम सफा रहेको र त्यसपछि वर्षा र बादल बाक्लिएपछि विमानस्थल बन्द गर्नु परेको बताए ।

उनले मौसममा सुधार आउने साथ विमानस्थल सुचारु हुने जानकारी दिए । कार्यालयका अनुसार हालसम्म बुद्ध एयरका चारवटा, यति एयरका ३ र श्री एयरलाइन्सको ३ वटा उडान भएको छ ।

कार्यालयका अनुसार बुद्ध एयरको थप पाँच वटा उडान तालिकामा रहेको छ । त्यसैगरि, यतिको ४ वटा र श्री एयरलाइन्सको ३ वटा उडान बाँकी रहेको छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’