तनहुँ दुर्घटना अपडेटः घाइते ५ जनालाई पोखरा रेफर

तनहुँ दुर्घटना अपडेटः घाइते ५ जनालाई पोखरा रेफर
+
-
देशसञ्चार AI सारांश
  • पोखरामा रेफर गरिएका ५ जनालाई दुलेगौंडास्थित तनहुँ सेवा हस्पिटलमा प्राथमिक उपचार पछि गण्डकी मेडिकल कलेजमा पठाइएको छ ।
  • एक माइक्रोबस २० मिटर तल खस्दा ११ जना घाइते भए, जसमा एक बालिकाको अवस्था गम्भीर छ।
  • दुर्घटनामा हात र छातीमा चोट लागेकी ४५ वर्षीया दलकुमारी रानालाई गण्डकी मेडिकल कलेज पोखरा रेफर गरिएको छ।

पोखरा– तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडा हेल्थपोष्टचोक दुर्घटनामा घाइते ५ जनालाई पोखरा रेफर गरिएको छ ।

दुलेगौंडास्थित तनहुँ सेवा हस्पिटलमा सामान्य उपचारपश्चात थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रेफर गरिएको हो ।

आइतबार दिउँसो साढे ३ बजे दुलेगौंडाबाट लालिमतर्फ जादै गरेको ग १ ज ८३१७ नम्बर माइक्रो सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा माइक्रको चालकसहित ११ जना घाइते भएका थिए । सामान्य घाइते सवारी चालक शुक्लागण्डकी–२ हलेदीका सुमित थापा मगर प्रहरी नियन्त्रणमा छन् । घाइते मध्य एक बालिकाको अवस्था गम्भीर छ ।

शुक्लागण्डकी नगरपालिका–८ लालिम बस्ने १६ महिने बालिका रोशनी थापाको टाउको चोट लागेर गम्भीर घाइते भएकी छन् ।

उनको थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको हो । शुक्लागण्डकी नगरपालिका– ८ गणपते बस्ने ४५ बर्षकी दलकुमारी रानालाई पनि जिएमसी पोखरा रेफर गरिएको छ ।

मध्यम घाइते उनको छाती र बायाँ हातमा चोट, लागेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । दायाँ हात र ढाडमा चोट लागेकी गणपतेकी २१ वर्षीया रविना थापा, चिउडो र दायाँ खुट्टामा चोट लागेर मध्यम घाइते शुक्लागण्डकी–८ लालिमका १६ वर्षीय रविन भुजेल, टाउकोमा चोट लागेकी शुक्लागण्डकी–१२ की ४९ वर्षीया देवीसिंह ठकुरीलाई पनि जिएमसी रेफर गरिएको छ ।

विङगरको ठक्करबाट दुुलेगौंडाबाट लामागाउँतर्फ जादै गरेको ग १ ज ६५५३ नम्बरको जीपलाई समेत ठक्कर दिएको थियो । जीपमा सवार १ जना घाइते भएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?