
अ
+
अ
अ
-
काठमाडौं – नेपाल वायुसेवा निगमले सोमबार चार्टर्ड उडान गर्ने भएको छ। सोमबार (असोज २०) दिउँसो १ बजे काठमाडौंदेखि भैरहवा जाने र २:४५ बजे भैरहवाका यात्रुलाई काठमाडौं ल्याउने निगमका प्रवक्ता सुवास डाँगीले जानकारी दिए ।
काठमाडौंबाट भैरहवा जान पाँच हजार रुपैयाँ र भैरहवाबाट काठमाडौं फर्कन सात हजार रुपैयाँ भाडादर कायम गरिएको छ।
निगमले सडक यातायात सहज नभएको र दसैँपछि काठमाडौं फर्किने यात्रुको चाप भएको भन्दै चार्टर्ड उडान गर्ने तयारी गरेको जनाएको छ। विशेषगरी वैदेशिक रोजगारीमा जान टिकट लिएका र अशक्त व्यक्तिहरूका लागि विमान चार्टर्ड गर्ने तयारीमा निगम लागेको छ।