कोशी नदीको बहाव घट्दै, सबै ढोका खुला

कोशी नदीको बहाव घट्दै, सबै ढोका खुला
+
-

विराटनगर- सप्तकोशी नदीमा पानीको उच्च बहावमा कमी आएको छ। विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार सोमबार बिहान नदीमा पानीको बहाव ४ लाख ५५ हजार ९१० क्यूसेक मापन भएको छ।

कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलका अनुसार आइतबार राति हालसम्मकै उच्च बहाव ५ लाख ३३ हजार ५४० क्यूसेक पुगेको थियो। नदीमा बहाव घट्दै गए पनि कोशी ब्यारेजका सबै ५६ ढोका यथावत खुला राखिएको उनले जानकारी दिए। हिजोदेखि निरन्तर रूपमा सबै ढोका खोलिएको हो।

शनिबार राति परेको भीषण वर्षापछि प्रदेशभर अहिलेसम्म ४४ जनाले ज्यान गुमाइसकेका छन्। इलाममा पहिरो जाँदा ३७ जनाको मृत्यु भएको छ भने पाँचथर र उदयपुरमा समान दुई–दुई, मोरङ र खोटाङमा समान एक–एक जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

वर्षाका कारण अझै पनि प्रदेशका पाँच मुख्य सडकखण्ड अवरुद्ध रहेका छन्। उदयपुरको सिद्धिचरण लोकमार्गका तीन स्थान, इलामको मेचीमार्गको एक स्थान र धनकुटाको तमोर करिडोरको एक स्थानमा सडक अवरुद्ध रहेको प्रहरीको भनाइ छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’