
काठमाडौँ- विगत दुई दिनदेखि परेको अविरल वर्षापछि इलाम र झापामा उद्धार कार्य जारी रहेको छ।
इलाम, सन्दकपुर नगरपालिका–४ माबु इलाकामा पहिरोले घाइते भएका १ जना पुरुष र ३ जना महिला (१ बालिका सहित) स्वास्थ्य चौकीमा प्राथमिक उपचार पछि थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरद्वारा झापा स्थित अस्पतालतर्फ लगिएका छन्।
त्यसैगरी, झापा गाउँपालिका–१ मिलनबस्ती इलाकामा नेपाली सेना, अन्य सुरक्षा निकाय र स्थानीयहरुको सहयोगमा मिति २०८२ आश्विन १९ गते राति मोटरबोटबाट ४८ जना, बोटबाट ३१ जना र पैदलबाट १२ जना गरी ९१ जनाको उद्धार गरिएको छ।
हालसम्म हेलिकोप्टर र स्थलमार्गमार्फत कुल १०७ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रशासन र सुरक्षा निकायले जानकारी दिएको छ।