
अ
+
अ
अ
-
काठमाडौँ- स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ। आइतबारको तुलनामा सुन प्रतितोला दुई हजार पाँच सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार सुन तोलाको दुई लाख ३३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार प्रतितोला दुई लाख ३० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, सोमबार चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेको छ। आइतबार २ हजार ९३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उकालो लागेको छ। सोमबार बिहानसम्म सुन प्रतिऔंस ३९ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।