
काठमाडौँ– नेपालमा वर्षा गराउने मनसुन लुम्बिनी प्रदेशदेखि पश्चिमतिरका भू-भागबाट बाहिरिएको छ।
सोमबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन बाहिरिएसँगै अब यी क्षेत्रमा पानी पर्ने सम्भावना टरेको छ।
सामान्यतया मनसुन बाहिरिने समय अक्टोबर २ लाई मानिन्छ। तर पछिल्ला वर्षहरूमा नेपालमा केही ढिला गरी मनसुन बाहिरिरहेको छ।
पश्चिमी भू-भागबाट मनसुन बाहिरिए पनि लुम्बिनीदेखि पूर्वी भू-भागबाट भने मनसुन बाहिरिन केही समय लाग्ने महाशाखाले जनाएको छ।
पूर्वी भू-भागबाट मनसुन नबाहिरिएको भए पनि वर्षा गराउने मनसुन भने कमजोर भइसकेको महाशाखाले विषेश विलेटिन जारी गरेर जानकारी गराएको छ।
शनिबार र आइतबार भारीदेखि अति भारी वर्षाका कारण नेपालका विभिन्न भू-भागमा मानवीय क्षतिसमेत भएको छ। हालसम्म ४० जना बढीको बाढीपहिरोमा परी मृत्यु भएको छ।