कर्णालीमा दुई हप्तामा सडक दुर्घटनामा परी छ जनाको मृत्यु

कर्णालीमा दुई हप्तामा सडक दुर्घटनामा परी छ जनाको मृत्यु
+
-
देशसञ्चार AI सारांश
  • कर्णाली प्रदेशमा दुई हप्तामा भएका सडक दुर्घटनामा परी छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
  • दशैं चाडको सुरक्षाका लागि तीन हजार नौ सय आठ जना प्रहरी प्रदेशभर परिचालन गरिएको छ।
  • सुर्खेतमा १९ सडक दुर्घटनामा ४३ जना घाइते भएका छन्, जसमा एक जनाको मृत्यु भएको छ।

हुम्ला– कर्णाली प्रदेशमा दुई हप्तामा सडक दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार पुरुष, एक महिला र एक बालक रहेका छन्।

यस अवधिमा १३२ जना घाइते भएका छन्। दुर्घटनामा ५६ जना गम्भीर घाइते हुँदा ७६ जना सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतकाअनुसार चाडपर्व सुरक्षा योजना लागू भएयता ५१ सडक दुर्घटनामा ६१ सवारी परेका छन्। प्रदेश प्रहरीले दशैंलगायतका चाडपर्वलाई लक्षित गरेर ६ असोजबाट चाडपर्व सुरक्षा योजना २०८२ लागू गरेको थियो।

प्रहरीका अनुसार सबैभन्दा धेरै सडक दुर्घटना सुर्खेतमा भएका छन्। यस अवधिमा सुर्खेतमा १९ सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन्।

रुकुम पश्चिममा १० सवारी साधन दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। सल्यानमा छ वटा सडक दुर्घटनामा परी तीन जनाले ज्यान गुमाएका छन् भने नौ जना घाइते भएको प्रहरीले जनाएको छ।

दैलेखमा चारवटा सडक दुर्घटनामा एक जनाको मृत्यु हुँदा २६ जना घाइते भएका छन्। जाजरकोटमा चार सडक दुर्घटनामा परी एक जनाको मृत्यु र १५ जना घाइते भएका छन्।

यस्तै, कालीकोटमा तीनवटा सडक दुर्घटना हुदा पाँच जना घाइते भएका छन्। जुम्लामा चार सडक दुर्घटनामा परी आठ जना घाइते भएको प्रदेश प्रहरीले जनाएको छ।

डोल्पामा एक सडक दुर्घटनामा परी एक जना घाइते हुँदा यस अवधिमा मुगु र हुम्ला जिल्ला भने सडक दुर्घटनामुक्त बनेका छन्।

दशैं सकिन अझै केही दिन बाँकी रहेकाले दुर्घटनाको जोखिम कायम रहेको छ। चाडपर्वलक्षित विशेष सुरक्षा योजना कार्यान्वयनका लागि प्रदेशभर एक हजार २१८ वटा टोलीमा तीन हजार नौ सय आठ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ।

प्रहरीले सुरक्षालाई विभिन्न प्रकारका गस्ती र जाँचलाई तीव्रता दिएको छ। जसमा ५३ वटा मोबाइल गस्ती, ११२ वटा मोटरसाइकल गस्ती, ९२ वटा द्रुत प्रतिकार्य टोली परिचालन र १७८ वटा पैदल गस्ती र २० वटा लामो तथा छोटो दूरीका प्रहरी गस्तीसमेत परिचालन गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?