युक्रेनी ड्रोन आक्रमणपछि रुसमा व्यापक बिजुली कटौती

युक्रेनी ड्रोन आक्रमणपछि रुसमा व्यापक बिजुली कटौती
+
-
देशसञ्चार AI सारांश
  • युक्रेनले रुसको तेल पूर्वाधारमा आक्रमण तीव्र बनाउने घोषणा गर्दै त्यसलाई मस्कोको ऊर्जा नोक्सानीको वैध प्रतिक्रिया बताएको छ।
  • रुसले युक्रेनी ड्रोनको सबैभन्दा ठूलो दैनिक हमला खसालिएको दाबी गर्दै सीमाक्षेत्रहरूमा बिजुली अभाव भएको जनाएको छ।
  • युक्रेनी आक्रमणले रूसी क्षेत्रहरूमा इन्धन अभाव बढाउँदै मस्कोको ऊर्जा आम्दानीलाई घटाउने लक्ष्य लिएको छ।

युक्रेनबाट भएको तीव्र ड्रोन आक्रमणपछि रुसले आफ्नो सीमावर्ती क्षेत्रमा बिजुली आपूर्ति अवरुद्ध भएको जनाएको छ। किएभले गरेको यो प्रहारलाई युद्ध सुरु भएपछिका सबैभन्दा ठूलो आक्रमणहरूमध्ये एक मानिएको छ।

किएभले रुसको भूमिमा, विशेषगरी तेल पूर्वाधारमा, आक्रमण तीव्र बनाउने घोषणा गरेको छ। यसलाई उसले मस्कोले युक्रेनी सहरहरूमा दैनिक तोप र ड्रोन प्रहार गरेर ऊर्जा संरचनामा गरेको नोक्सानीको वैध प्रतिक्रिया बताएको छ। ती आक्रमणहरूले पटक–पटक लाखौँ युक्रेनी नागरिकलाई बिजुलीविहीन र कठ्याङ्ग्रिने जाडोमा तातोबिना बस्न बाध्य बनाएका थिए।

रुसको रक्षा मन्त्रालयका अधिकारीहरूले रातभरमा २५१ युक्रेनी ड्रोन खसालिएको दाबी गरेका छन्। यो सन् २०२२ फेब्रुअरीमा युद्ध सुरु भएपछिको सबैभन्दा ठूलो दैनिक सङ्ख्या हो।

बेलगोरोड सीमाक्षेत्रमा हजारौँ नागरिक बिजुलीविहीन भएका छन्। बेलगोरोडका गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभका अनुसार हाल २४ वटा बस्तीमा आंशिक ब्ल्याकआउट भएको छ, जसले करिब पाँच हजार चार सय जनालाई असर पारेको छ।

यसैबीच, दक्षिणी क्रास्नोडार क्षेत्रमा रहेको एउटा तेल शोधन केन्द्रमा पनि आक्रमण भएको र त्यहाँ दुई जना घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन्।

यता, युक्रेनका अधिकारीहरूले भने रुसले आफ्नो क्षेत्रमा ११६ वटा ड्रोन प्रहार गरेको बताएका छन्। तीमध्ये केहीले चेर्निगिभ क्षेत्रको ऊर्जा संरचनालाई नोक्सान पु¥याए भने खेरसन क्षेत्रमा एक महिलाको मृत्यु भएको जनाइएको छ।

युक्रेनी प्रशासनका अनुसार, रुसले पुनः आफ्नो पुरानो रणनीति दोहोर्‍याउँदै देशको पावर ग्रिडलाई मुख्य लक्ष्य बनाएको छ। गत जाडोमा त्यस्त आक्रमणले लाखौँ नागरिकलाई चिसो र अँध्यारोमा बस्न बाध्य बनाएको थियो।

हालका महिनाहरूमा युक्रेनले रुसका तेल प्रशोधन केन्द्रहरूमा गरेको आक्रमणले धेरै रूसी क्षेत्रमा इन्धनको अभाव र पेट्रोलको मूल्यवृद्धि निम्त्याएको छ।

किएभका अनुसार उसले मस्कोका लागि अत्यावश्यक ऊर्जा आम्दानी घटाउने लक्ष्य लिएको छ। ऊर्जा आम्दानी रुसको युद्ध खर्चको प्रमुख स्रोत बनेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?