दुर्गाको प्रतिमा विसर्जनको क्रममा दुई समुदायबीच भएको घटनामा पुरानै निर्णय कार्यान्वयन गरिने

दुर्गाको प्रतिमा विसर्जनको क्रममा दुई समुदायबीच भएको घटनामा पुरानै निर्णय कार्यान्वयन गरिने
+
-
देशसञ्चार AI सारांश
  • जनकपुरधाममा दुई समुदायबीचको झडपपछि सर्वदलीय बैठकले पुरानै निर्णयहरु कार्यान्वयन गर्नुपर्ने निर्णय गरेको छ।
  • बैठकमा सबै पक्षले सामाजिक सद्भाव कायम राख्न कुनै पनि ठेस पुर्याउने गतिविधि नगर्ने सहमति भएको छ।
  • गैरकानूनी घटनामा संलग्नलाई कानून अनुसार कारबाही गर्न दलहरू र समुदायका अगुवाहरुले सहकार्य गर्ने निर्णय भएको छ।

जनकपुरधाम – जनकपुरधाममा माता दुर्गाको प्रतिमा विसर्जनको क्रममा दुई समुदायबीच भएको घटनामा पुरानै निर्णय कार्यान्वयन गरिने भएको छ।

जनकपुरधाम उपमहानगरपालिका–२० मा मूर्ती विसर्जनको क्रममा गत शुक्रबार र पुनः आइतबार जनकपुरधाम–२० देवपुरा रुपैठामा हिन्दु र मुस्लिमको नाममा भएको घटनामा सोमबार भएको सर्वदलीय बैठकमा विगतमै भएको निर्णय कार्यान्वयन गर्नुपर्ने निर्णय भएको हो।

राजनीतिक पार्टी, दुबै धार्मिक समुहका स्थानीय अगुवासहित जनप्रतिनिधिको उपस्थितिमा भएको सर्वपक्षीय बैठकमा छलफल भएपछि ४ बुँदे निर्णय भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।

दुर्गाको प्रतिमा विसर्जन गर्ने क्रममा हिन्दु र मुस्लिम पक्षबीच विवाद भई झडपको स्थिति सिर्जना भई सामाजिक सदभावमा खलल पुग्नेगरी गतिविधि भएकाले उक्त घटनालाई मध्यनजर गर्दै यसअघि २०८२ भदौ १६ गते र २०७८ कार्तिक २९ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भएको तेलिया पोखरीको विवाद व्यवस्थापन सम्बन्धी बैठकमा भएको निर्णयहरु सबै पक्षले पूर्ण रुपमा कार्यान्वयन गर्ने निर्णय भएको हो।

जनकपुरधाम–२० क्षेत्रमा सदभाव कायम राख्न सम्पूर्ण धर्म समुदाय, राजनैतिक पार्टीले आ–आफ्नो तर्फबाट प्रयास गर्दै कुनै पनि पक्ष वा व्यक्तिले धार्मिक, सामाजिक सदभावमा खलल पुग्ने कुनैपनि गतिविधि नगर्ने नगराउने, शुक्रबार र आइतबार धर्मको नाममा भएका गैरकानूनी, अराजक घटनामा संलग्न भएका व्यक्तिहरुको पहिचान गरी प्रचलित कानून बमोजिम कारबाही गर्न सहयोग गर्ने निर्णय भएको हो।

जनकपुरधाममा दुई समुदायबीच भएको घटनामा सहमति

यो पनि पढ्नुहोस्

जनकपुरधाममा दुई समुदायबीच भएको घटनामा सहमति

जनकपुरधाममा दुई समुदायबीच भएको घटनामा सहमति

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?