
काठमाडौँ– शनिबार र आइतबार दुई दिनको वर्षापछि बाढीमहिरोमा परी देशभर मृत्यु हुनेको संख्या ४८ पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साेमबार साँझ ५ बजे दिएको जानकारीअनुसार दुई दिनको वर्षापछि इलामा मात्र ३९ जनाको मृत्यु भएको छ।
यस्तै रौतहटमा ३, पाँचथरमा २, खोटाङमा १, उदयपुरमा १ र मोरङमा १ जनाको मृत्यु भएको छ।
यस्तै बाढीपहिरोमा परी घाइते हुनेको संख्या आजसम्म २८ पुगेको छ। ६ जना भने बेपत्ता रहेको प्राधिकरणले जानकारी दिएको छ।
साथै गर्भवती र बाढीमा फसेका १८ जना नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।