लमहीमा सरायको रौनक (फोटो फिचर)

लमहीमा सरायको रौनक (फोटो फिचर)
+
-
देशसञ्चार AI सारांश
  • सराय नाचमा सहभागी हुनेलाई परम्परा बचाउन महत्त्वपूर्ण ठान्ने सरस्वता आचार्यको विचारमा पुराना संस्कृतिलाई जगेर्ना जरुरी छ।
  • मानिस बसाइँसराई भएर तराई झरेपछि पनि आफ्नो प्राचीन संस्कृति जोगाउन स्थानीय मन्दिरमा सराय नाच निकालिन्छ।
  • युवापुस्ताले मौलिक कला संस्कृति हराउन नदिन जिम्मेवारी लिनुपर्नेमा चन्द्रमणि आचार्यले जोड दिएका छन्।

दाङ–सिमसिम पानी परिरहेको छ। तर, गढवा निवासी सरस्वता आचार्यलाई सराय नाचको रौनकले छोपेको छ । पानीको कुनै पर्वाह छैन ।

‘पुर्खादेखि चल्दै आएको हाम्रो संस्कृति हो । यसलाई बचाईराख्न जरुरी छ’, उनले भनिन्, ‘परम्पराको जगेर्ना गरेनौं भने हाम्रा सन्ततिले थाहा पाउदैनन्।’

यसरी नाचमा सहकागी हुने सबैका हातमा ठूल्ठूला खड्ग छन्। बालकदेखि वृद्धासम्म कोही दमाहा बजाउँदै त कोही ध्वजा समातेका, निधारमा चन्दन लगाएर वाखै, वाखैको तालमा नाच्न व्यस्त छन्।

२०६७ सालबाट लमहीमा निरन्तर सराय नाच निकाल्दै आएको कालिका भगवती मन्दिरका अध्यक्ष हिमन्तप्रसाद पाण्डेले सुनाए। ‘पहाडमा हुँदा खुबै नाचियो, रमाइय। बाउबाजेले थालेको संस्कृतिलाई बसाई सरेर झरेको ठाउँमा पनि निकाल्न थाल्यौँ’, उनले भने, ‘मान्छे बसाइँ सरेर तराई झरे। हाम्रो संस्कृति पनि सँगसँगै बसाइँ सरेर आयो। जहाँ छौं, त्यहीँ नाच निकाल्न थाल्यौं।’

तेजप्रसाद खनाल बयोवृद्ध अभिभावक हुन्। उनी बसाइँ सरेर देउखुरी झर्दा सराय नाच नाच्ने परम्परा तराईमा थिएन। पहाड हेर्न र नाच्न जानका लागि मुस्किल पर्दै गयो। त्यसपछी स्थानीयहरु जुटेर कालिका भगवती देवी मन्दिरको स्थापना गरे। अनि सुरु भयो सराय नाच। ‘हाम्रो इतिहास हो । यसलाई बचाई राख्नुपर्छ । युवाहरु अघि सर्नुपर्छ’, उनले भने, ‘यस्ता थुप्रै संस्कृति र परम्पराहरु छन्, जो हराउँदैछन्। सबै मिलेर जोगाउनुपर्छ।’

मौलिक कला संस्कृति हराउँदै जान थालेपछि यसको संरक्षण र संवर्द्धनमा युवाहरुको सहभागिता बढाउन जोड दिइएको छ । गढवा निवासी चन्द्रमणि आचार्यले लोपोन्मुख संस्कृति संरक्षणको जिम्मेवारी युवापुस्ताले उठाउनुपर्ने बताउछन्। ‘पहिला पहाडमा खेलिन्थ्यो। अहिले तराईमा पनि खेल्ने अवसर जुरेको छ’, उनले भने, ‘यसलाई बचाईराख्न युवाहरु कस्सिनुपर्छ।’

हरेक बर्ष दसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन सराय नाच तथा खड्ग जात्रा निकाल्ने चयन छ । यस बर्ष पनि सराय नाच निकालिएको छ ।

बालबालिका तथा किशोरीहरु पनि सरायमा सहभागी भएका थिए । दसैंको विदाइ गर्न र देवी भगवतीलाई खुसी पार्न सराय तथा खड्ग जात्रा निकाल्ने परम्परा छ। पहाडी जिल्लाहरुमा यसको विशेष महत्व छ। तर, बसाइँसराइले गर्दा धेरै मानिस तराई झरेपछि आफ्नो पुरानो परम्परा जोगाउन उनीहरुले आफ्नै ठाउँमा मन्दिर स्थापना गरेर सराय नाच निकाल्ने गरेका हुन् ।

सराय नाच दशैंका बेला पश्चिम नेपालका केही भागमा गरिने मनोरञ्जनात्मक नाच हो । यो गुल्मी, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, दाङका विभिन्न कोट र शक्तिपिठहरुमा नाचिन्छ। यो नाच एकादशीदेखि पूर्णिमासम्म नाचिन्छ । यो एउटा खेल जस्तो पनि हो । पञ्चेबाजासहित मन्दिरमा चढाएका खुकुरी, तरबार र खुँडा नचाई एकापसमा जोडिएर सराय नाच खेलिने गरिन्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?