हुम्लाका उच्च भूभागमा हिमपात

हुम्लाका उच्च भूभागमा हिमपात
+
-
देशसञ्चार AI सारांश
  • हिमपात र वर्षाका कारण हुम्लाका उच्च स्थानमा चिसो बढेको र तीन हजार पाँच सय मिटर तल पनि लगातार वर्षा भइरहेको छ ।
  • हुम्लामा हिमपातले बालीनाली भित्र्याउन किसानलाई समस्या बनाएको साथै बिहानैदेखि हवाई सेवा अवरुद्ध भएको छ ।
  • यस वर्षको दोस्रो हिमपातमा नाम्खा, सिमकोट, खार्पुनाथ लगायतका क्षेत्रमा तीनदेखि चार इन्च हिउँ जमेको छ ।

हुम्ला- हिमाली जिल्ला हुम्लाको उच्च भुभागमा हिमपात सुरु भएको छ । सोमबार रातीबाट जिल्लाभर वर्षा सुरु भएपछि मंगलबार बिहानबाट जिल्लाका उच्च क्षेत्रमा हिमपात सुरु भएको हो ।

माथिल्लो हुम्लाको उच्च क्षेत्रमा हिमपात सुरु भएका प्रमुख जिल्ला अधिकरी टेककुमार रेग्मीले बताए । सोमबाट रातीबाट लगातार वर्षा भइरहेको र अधिकांश गाउँपालिकाका चार हजार पाँच सय मिटर उचाईका क्षेत्रमा हिमपात भइरहेको उनले बताए ।

बिशेष गरी नाम्खा गाउँपालिका न्यालु, नारा, चाला, लाप्चा क्षेत्रमा बढी हिमपात भइरहेको छ । ती क्षेत्रमा जमिनमा तीन देखि चार इन्च हिउँ जम्न सुरु भएको छ ।

त्यसैगरी सिमकोट गाउँपालिका रलिङ, पञ्चमुखी, बोक्सी हिमाल, चाङ्ला हिमाल क्षेत्रमा हिमपात भइरहेको छ । यता खार्पुनाथ गाउँपालिकाको मारघोर क्षेत्रमा पनि हिमपात भइरहेको छ ।

उच्च क्षेत्रमा हिमपात सुरु भए पनि चिसो पनि बढेको छ भने तीन हजार पाँच सय मिटर तलको क्षेत्रमा भने लगातार वर्षा भइरहेको छ ।

यसले गर्दा बालीनाली भित्रयाउन किसानलाई समस्या भइरहेको छ । बिहानैबाट बर्षा भएको कारण हवाई सेवासमेत अवरुद्ध भएको छ ।

यसवर्ष जिल्लाका उच्च स्थानमा परेको हिमपात यो दोस्रो हो । यसअघि पनि चार दिन अगाडी उच्च क्षेत्रमा हिमपात भएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?