शान्ति-सुरक्षाको व्यवस्थालाई सबल बनाउन मानव अधिकार आयोगको आग्रह

शान्ति-सुरक्षाको व्यवस्थालाई सबल बनाउन मानव अधिकार आयोगको आग्रह
+
-
देशसञ्चार AI सारांश
  • राष्ट्रिय मानव अधिकार आयोगले शान्ति–सुरक्षालाई सबल बनाउन कानूनी शासन र सामाजिक सद्भावमा आधारित समाधान खोज्न आग्रह गरेको छ।
  • आयोगले नागरिकको सुरक्षा सुनिश्चित गर्दै मानव अधिकार उल्लंघन रोक्न सम्बद्ध पक्षलाई गम्भीर चासो व्यक्त गरेको छ।
  • हिंसात्मक गतिविधि रोक्न सबै पक्षलाई संयमित रहन र आवश्यक कानूनी कदम चाल्न सरकारलाई आग्रह गरिएको छ।

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले पछिल्ला राजनीतिक घटना, प्रदर्शन तथा हिंसात्मक गतिविधि देखिएको पृष्ठभूमिमा शान्ति–सुरक्षाको व्यवस्थालाई सबल बनाउन आग्रह गरेको छ।

आयोगले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा नागरिकको ज्यान र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्दै मानव अधिकारको संरक्षण गर्न सम्बद्ध पक्षलाई ध्यानाकर्षण गराएको हो।

गत भदौ २३ र २४ गते(जेनजी आन्दोनका बेला) भएको हिंसात्मक गतिविधिबाट मानव अधिकार उल्लंघनका घटनाहरू देखिएको आयोगले उल्लेख गरेको छ। यस घटनामा मानव अधिकार प्रतिकूल असर पर्ने, सामाजिक सम्पत्ति नष्ट हुने र कानूनको शासन कमजोर बन्ने खतरा रहेको भन्दै आयोगले गम्भीर चासो व्यक्त गरेको छ।

आयोगले हिंसात्मक गतिविधि, अवरोध, तोडफोड, नकारात्मक टिप्पणी र उत्तेजनाले सामाजिक सद्भाव बिग्रने चेतावनी दिंदै सबै पक्षलाई संयमित रहन र राजनीतिक प्रतिवद्धता देखाउन आग्रह गरेको छ।

शान्ति–सुरक्षालाई सबल बनाउन कानूनी शासन, सामाजिक सद्भाव र नागरिक आस्थामा आधारित स्थायी राजनीतिक समाधान खोज्नु आवश्यक भएको आयोगले बताएको छ। साथै, सरकारले आवश्यक कदम चाल्नुपर्ने र सम्बद्ध निकायले निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने आयोगको भनाइ छ।

आयोगले नागरिक समाज, राजनीतिक दल, सञ्चारकर्मी र सम्पूर्ण सरोकारवालासँग मानव अधिकार र लोकतान्त्रिक मूल्यहरूको संरक्षणमा सहकार्य गर्न पनि अपिल गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?