चितवनमा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

चितवनमा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो
+
-
देशसञ्चार AI सारांश
  • जिल्लामा साउनयता जापानीज इन्सेफ्लाइटिसका कारण कुल छ जना मानिसको मृत्यु भएको पुष्टि भएको छ।

  • सङ्क्रमितमध्ये १५ जनाले खोप नलगाएको र दुई जनाको खोपसम्बन्धी अवस्था अस्पष्ट रहेको बताइएको छ।

  • धानखेतीमा अण्डा पार्ने क्युलेक्स जातका लामखुट्टेको गतिविधि यस रोगको जोखिम बढाउने मुख्य कारण हो।

चितवन- जिल्लामा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ। साउनयता हालसम्म यस रोगबाट सो संख्यामा मानिसले ज्यान गुमाएका हुन्।

जनस्वास्थ्य कार्यालयका अनुसार मृतकमध्ये दुई जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना राप्ती नगरपालिका र एक जना कालिका नगरपालिकाका रहेका छन्।

पछिल्लो पटक खैरहनी–४ की महिलाको मृत्यु भएको कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिए।

जिल्लामा हालसम्म १७ जनामा जापानीज इन्सेफ्लाइटिसको सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये १० महिला र सात पुरुष छन्। उमेरसम्बन्धी विवरणअनुसार तीन जना १५ वर्षमुनिका, पाँच जना १५ देखि ६० वर्षबीचका र नौ जना ६० वर्षमाथिका रहेका छन्। सङ्क्रमितमध्ये १५ जनाले खोप नलगाएको र दुई जनाको खोपसम्बन्धी अवस्था अस्पष्ट रहेको केसीले बताए।

सङ्क्रमितमध्ये सात जना भरतपुरका रहेका छन्। मृत्यु भएकामध्ये एक ८९ वर्षीय, एक ८१ वर्षीय, दुई जना ७० वर्षीय, एक ३९ वर्षीय र एक ४२ वर्षीय रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ।

जापानीज इन्सेफ्लाइटिस क्युलेक्स जातका पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य रोग हो। यो लामखुट्टे घरबाहिर बस्न रुचाउने, घरबाहिर नै टोक्ने र साँझ तथा बिहान बढी सक्रिय हुने गर्दछ। सुँगुर, बङ्गुर, हाँसजस्ता पशुपक्षीलाई टोकेमा पनि रोग सर्ने गरेको बताइन्छ। धानखेतीमा अण्डा पारेर लार्भा बन्ने भएकाले यस रोगको जोखिम बढ्ने जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?