
काठमाडौँ- चौधरी ग्रुपले जेनजी आन्दोलनका क्रममा सहिद भएका परिवारबाट एकजनालाई रोजगारी दिने बताएको छ।
जेनजी आन्दोलनका सहिदहरूप्रति हार्दिक श्रध्दाञ्जलि एवं परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै चौधरी ग्रुपले सहिद परिवारबाट एक जनालाई रोजगारी दिने प्रतिबद्धता व्यक्त गरेको हो।
‘आन्दोलनका क्रममा हाम्रो निजी निवास, कार्यालय, शोरूम र कारखानाहरूमा भएको ठूलो क्षति र विध्वंसले हामीलाई गहिरो पीडा दिएको छ,’ चौधरी ग्रुपले सामाजिक सञ्जालमा लेखेको छ, ‘यद्यपि, यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वासका साथ पुनःनिर्माणको यात्रामा अघि बढेका छौँ। यस कठिन समयमा चौधरी ग्रुप शहिद परिवारप्रति उच्च सम्मान ब्यक्त गर्न…. प्रतिबद्धता व्यक्त गर्न चाहन्छ।’
चौधरी ग्रुपले यो वाचामात्र नभई गहिरो कर्तव्य र श्रद्धा भएको पनि उल्लेख गरेको छ।
‘हामी सँगै उभिनेछौँ, पुनःनिर्माण गर्नेछौँ, आशा, सहानुभूति र सम्मानसहित यो देशको सून्दर र उज्ज्वल भविष्य निर्माण गर्नेछौँ,’ चौधरी ग्रुपले लेखेको छ।
चौधरी ग्रुपले नै सहिद परिवारलाई सम्पर्क गर्ने भन्दै सम्पर्क गर्न कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्यालको मोबाइल नम्बर पनि सामाजिक सञ्जालमा उपलब्ध गराएको छ।