तिहारका लागि मादल बनाउन व्यस्त चित्रे वादी

तिहारका लागि मादल बनाउन व्यस्त चित्रे वादी
+
-
देशसञ्चार AI सारांश
  • तिहारमा मादलको माग बढेकाले चित्रे बादी मादल बनाउने र मर्मत गर्ने काममा व्यस्त छन्।
  • बुवाबाट सिकेको सीपले चित्रे बादीले १२ वर्षको उमेरदेखि मादल बनाउँदै आएको बताए।
  • घोराही, तुलसीपुर लगायतका स्थानबाट मानिसहरु मादल खरिद गर्न उनको घरमा आइरहन्छन्।

देउखुरी (दाङ) –  कमेरोले लिपेर चिटिक्क पारिएको सानो कच्ची घर। घरको सानो आँगन साना र ठूला मादलले भरिएको छ। त्यसैका छेउमा एकाबिहानै चित्रे बादी मादलमा एकनासले खरी भरिरहेका छन्।

घोेराही उपमहानगरपालिका–१७ पचुर्खाका बादीको मादल बनाउने र मर्मत गर्ने व्यस्तता तिहार नजिकिएसँगै थपिएको हो। उनका अनुसार अरु समयमा भन्दा तिहारमा मादलको माग बढ्छ। तिहारमा हुने मादल बिक्रीबाट राम्रो आम्दानी हुने उनको भनाइ छ।

आफूले मादल मर्मत गर्नेदेखि नयाँ मादल पनि बनाउँदै आएको उनले सुनाए। “बुवा गुइठे बादी मादल बनाउँथे  उनकै सिको गरेर मैले पनि १२ वर्षको उमेरदेखि मादल बनाइरहेको छु”, ७० वर्षे बादीले भने। उनका अनुसार हिजोआज त बिहान उज्यालो भएदेखि बेलुकैसम्म मादलको काम भ्याइनभ्याइ छ। यही पेसबाट आफूले चार छोरा र दुई छोरी हुर्काएको र यसैबाट घरखर्च चलाएको पनि उनले उल्लेख गरे।

तिहारमा देउसी भैलो खेल्नेहरु हरेक वर्ष जसो उनको घरमा नयाँ मादल किन्न, मादलमा खरी हाल्न, मादल कस्न र छाला फेर्न आउँछन्। नयाँ मादलको आकारअनुसार सात हजारदेखि १५ हजारसम्ममा बिक्री हुने गरेको उनले सुनाए।

उनको घरमा घोराही, तुलसीपुर, नारायणपुर, लमही, प्युठान र रोल्पालगायतबाट स्थानबाट मादल खरिद गर्न मानिस आउने गरेका छन्।

उनलाई काममा श्रीमती भूमि बादीले सहयोग गर्छन्। आफूलाई नयाँ मादल बनाउन नआएपछि श्रीमानको काममा सहयोग गरिरहेको भूमि बादीले सुनाए। आफूले खरी बनाउन, छाला काट्नेलगायतका काममा सहयोग गरिरहेको बताए। उनको परिवारमा कान्छो छोरा पनि मादल बनाउन सिकेको उनको भनाइ छ।

उनी मादल बनाउन खिर्रो, मौवा, मलेतो, खमारीलगायतका काठको प्रयोग गर्छन्। मौवा र खमारीको काठमा स्वर राम्रो सुनिने उनको अनुभव छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?